Facebook SDK

Class 10 Nepali guide book notes of lesson 3 Sanduk Ruit (सन्दुक रुइत) all answers

Class 10(SEE) 2078 Nepali guide lesson/chapter 3 Sanduk Ruit all answers

Today I'm going to share Complete notes and all answers of exercise of class 10 2078 Nepali book Chapter 3 Sanduk Ruit


Class 10 Nepali guide book notes lesson 3 Sanduk Ruit all answers
Class 10 Nepali guide book notes lesson 3 Sanduk Ruit all answers

Guide, complete notes and all execrise of Nepali Chapter 3 "Sanduk Ruit"
(कक्षा १० नेपाली किताबको पाठ एक जन्मभूमिको सबै अभ्यासहरू)


Other Lessons:

Class 10 Nepali guide book notes lesson 1 janmabhumi all answers
Class 10 Nepali guide book notes lesson 2 Santusti all answers
Class 10 Nepali guide book notes lesson 4 Thanka all answers

Sanduk Ruit
(सन्दुक रुइत)



Listening
(सुनाई)


Questions:

Answers of class 10 nepali
Class 10 nepali notes

Answers:

१) पाठको नवौँ अनुच्छेद शिक्षकबाट सुनी ठिक बेठिक छुटयाउनुहोस्‌ :
उत्तरहरु:
(क) ठिक
(ख) बेठिक
(ग) बेठिक
(घ) ठिक
(ङ) ठिक

२) पाठको दोस्रो अनुच्छेद श्रुति लेखन गर्नुहोस्‌ ।
Answer: ओलाङचुङगोलाको सुन्दर प्रकृतिको काखमा उनको बाल्यकाल बित्यो । चिनसँग सिमाना जोडिएको ओलाङचुङगोला तमोर नदीको सिरानमा पर्छ तर उनको घर भने अलि खोचमा थियो । त्यही होचो ठाउँबाट उनी प्रत्येक बिहान डाँडा पाखामा रातै फुलेका गुराँसका फुलहरू हेरेर मुग्ध हुन्थे र सेताम्मे देखिने हिमालहरू हेरेर रमाउँथे । उनको बाल्यकाल असाध्यै रमाइलो र लोभलाग्दो थियो ।

३) पाठको पहिलो अनुच्छेद सुन्नुहोस्‌ र खाली ठाउँ भर्नुहोस्‌ :
Answer: हरफहरु:

(क) रुइत ........ का सुख्वात कर्ता पनि हुन्‌ ।
उत्तर: रुइत 'रुतेक्टोमी' का सुरुवात कर्ता पनि हुन्‌ ।

(ख) रुइतको जन्म ताप्लेजुङ जिल्लाको ......... गाउँमा भएको थियो ।
उत्तर: रुइतको जन्म ताप्लेजुङ जिल्लाको औलाङचुङगोला गाउँमा भएको थियौँ ।

(ग) रुडतका मातापिताको नाम ....... थियो ।
उत्तर: रुडतका मातापिताको नाम केसाङ रुद्दत र सोनाम रुइत थियो ।

(घ) रुइतको जन्म वि.सं. ....... दिन भएको थियो ।
उत्तर: रुड्तको जन्म वि.सं. २०११ भदौ १९ गतेका दिन भएको थियो ।

(ङ) रुह्तका पुर्खा तिब्बतको........ क्षेत्रबाट नेपालमा बसाइँ सरेका थिए ।
उत्तर: रुइतका पुर्खा तिब्बतको बइत क्षेत्रबाट नेपालमा बसाइँ सरेका थिए ।



Answers of class 10 nepali
Class 10 nepali notes

Answers:

४) तल दिइएका अनुच्छेद सुन्नुहोस्‌ र उत्तर दिनुहोस्‌: बिस वर्षको उमेरमा तिनले गोर्खामा राजदण्ड लिएर रजाइँ गर्न थाले । राजा हुनेबत्तिकै ती मलक मार्न हिँडे । वास्तवमा उसको राजत्व काय युद्धको झञ्झा र हुरीको बिच बितेको छ । नेपालको मानचित्र बदल्ने तिनै हुन्‌, नेपालको इतिहासमा स्रोत मोड्ने पनि तिनै हुन्‌ । तिनका पराक्रम र पौरखका अघि नेपालको टुक्रे राज्यहरू भकाभक ढल्न थाले । पश्चिममा बाइसे र चौविसे राज्यहरू थिए । काठमाडौँ उपत्यकामा काठमाडौँ, भादगाउँ, कीर्तिपुर र पाटन जस्ता जगर राज्यहरू थिए र पूर्वमा पनि माफ किराँत, पल्लो किराँत, विजयपुर जस्ता बेग्लाबेग्लै राज्यहरू छरिएका थिए । आपसमा यिनीहरूको हानथाप थियो । जनताहरू बलिको बोका बनाइन्थे, उनीहरूको अवस्था कहाली लाग्दो थियो ।

नुवाकोटको विजयबाट उनको ऐतिहासिक अभियान सुरू भयो । नुवाकोटको उर्वर स्थल हात पारेपछि पृथ्वीनारायण शाहलाई अरू ठाउँ हान्न सत्र पस्यो । कीर्तिपुर हात पारेपछि उपत्यका हान्न अब केही थिएन । उपत्यका फुटेको घर न थियो । काठमाडौँ, पाटन र भादगाउँ आपसमा हानथाप गर्थे । एकै गाँसमा पृथ्वीनारायण शाहले यिनीहरूलाई निले । सिङ्गो नेपाल बनाए । यिनले अटुट देशभक्ति दर्साए । ती नेपाल र नेपालीलाई मात्र प्रेम गर्थे । ती भन्थे, “विदेशका कपडा लगाउनलाई मनाही गरिदिनू । आफ्नो देशको कपडा बुन्न जान्नेलाई नमुना देखाई सघाउनू र बुन्न लगाउनू, यसो हुँदा नगद बिदेश जाँदैन ।” (प्रा. राजनारायण प्रधान: तिस प्रख्यात प्रतिभा)



प्रश्नहरू:
(क) पृथ्वीनारायण शाहलाई नेपालको मानचित्र बदल्ने राजा भन्नुको तात्पर्य के हो ? उत्तर:
पराक्रम, पौरख र युद्धकलाका कारण पृथ्वीनारायण शाहलाई नेपालको मानचित्र बदल्ने राजा भनिएको हो ।

(ख) पृथ्वीनारायण शाहको राजत्व काल युद्धको झङझा र हुरीका बिच बितेको छ भन्नुको तात्पर्य के हो?
उत्तर: पृथ्वीनारायण राजा हुँदा नेपाल विभिन्न राज्यमा टुक्रिएको र अशान्त थियो । त्यो अशान्त र टुक्रा राज्यहरूलाई पृथ्वीनारायण शाहले एकीकरण गरेका हुनाले उनको राजत्वकाल युद्धको झञ्झा र हुरी बिच बितेको छ भनिएको हो ।

(ग) काठमाडौं उपत्यकालाई किन फुटेको घर भनिएको हो ?
उत्तर: उपत्यका राज्यहरूबिच आपसमा हानथाप र युद्ध भइरहने हुनाले काठमाडौँ उपत्यकालाई फुटेका घर भनिएको हो ।

(घ) नगद बिदेश जान नदिन के गर्नुपर्छ ?
उत्तर: नगद विदेश जान नदिन विदेशी कपडाको बहिष्कार र स्वदेशी उद्योगधन्दाबाट उत्पादित कपडालाई प्रोत्साहन गर्नुपर्छ ।

(ङ) पृष्वीनारायण शाहले एकीकरण गर्नुपूर्व नेपालको अवस्था कस्तो थियो ?
उत्तर: उत्तरः पृथ्वीनारायण शाहले एकीकरण गर्नुपूर्व नेपालको अवस्था टुक्रा-टुक्रामा विभाजित भएकाले अत्यन्त नाजुक थियो।


Class 10 Nepali guide book


Speaking
(बोलाई)


Questions:

५) तलका शब्दहरू ठिकसँग उच्चारण गर्नुहोस्‌ र उदाहरणमा देखाए जस्तै गरी लेख्नुहोस्‌।
बिशिष्ट :/बि. सिस्‌ .ट./
भूगोल :/ भु.गोल्‌. /

दुर्गम, वर्गीय, व्यापारिक, दार्जिलिङ, उपचार

Answers: दुर्गम - दुर्‌, गम्‌.
बर्गीय - बर्‌, गि. य.
व्यापारिक - ब्या, पा.रिक्‌
दार्जिलिङ - दार्‌. जि. लिड्‌
उपचार - उ.प. चार्‌,


Answers of class 10 nepali
Guide book solutions in nepali lesson 3
६) अर्थ स्पष्ट हुने गरी वाक्यमा प्रयोग गर्नुहोस्‌ र कक्षामा सुनाउनुहोसः

भपरिवेष्टित, शल्यक्रिया, सङ्कीर्ण, अन्तरिक्ष

Answer: भूपरिवेष्टित - नेपाल एक भूपरिवेष्टित मुलुक हो ।
शल्यक्रिया - डाक्टरले उसको मुटुको शल्यक्रिया गरे ।
सङ्घकीर्ण - समाजसेवीले सङ्कीर्ण सोचाइ राख्नुहन्न ।
अन्तरिक्ष - भारतले भरखर अन्तरिक्षमा २०० ओटा सेटलाइट पठायो ।


७) तपाइँले आजैदेखि सुरू गर्न सक्ने कुनै दुई सकारात्मक कामहरू कक्षामा सुनाउनुहोस्‌।
जस्तैः आजसम्म मैले राम्रा अक्षर लेख्ने प्रयत्न गरेको छैन, म यो काम आजैबाट सुरू गर्छु ।

Answer:आजसम्म मैले आफ्ना लुगा धोएको छैन, म यो काम आजैबाट सरू गर्छु । आजसम्म मैले साथीहरूसँग मिलेर खेल्ने गरेको छैन, यो काम आजैबाट सुरु गर्छु ।

८) देशका दुर्गम गाउँमा विकासको मुहान फुटाउन कसले के गर्नपर्छ ? आफ्नो बिचार प्रकट गर्नुहोस्‌ ।
Answer: देशका दुर्गम गाउँमा बिकासको मुहान फुटाउन सरकारले राज्यबाट पैसा पठाउनुपर्छ । गाउँका अगुवा वा नेतृत्वकर्ताले तत्काल विकास गर्नुपर्ने क्षेत्र पहिचान गर्नुपर्छ र केन्द्रबाट आएको पैसालाई पारदर्शी ढङ्गले खर्च गर्नुपर्छ, गाउँका जनताले त्यस क्षेत्रको आवश्यकता के हो त्यसको पहिचान गरी खर्च गर्न सुझाब दिनुपर्छ । विज्ञहरूले योजना बनाउँदा शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार आदि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ । गाउँमा विकासको मुहान फुटाउन सबैको सबै क्षेत्रमा सक्रिय सहभागिता हुनुपर्छ ।

९) कक्षाका दुई जना साथीहरू उठेर रुइतका पिता सौनाम र माता केसाङ बनी बालक सन्दुकलाई पढ्न पठाउने बारेमा भएको क्राकानीलाई अभिनयसहित संवादको रूपमा कक्षामा प्रस्तुत गर्नुहोस्‌ ।
संवाद :

(सोनाम र केसाङ सन्दुकका बाबुआमा हुन्‌ । सन्दुक छ वर्ष पुगेका छन्‌ । सन्दुकका बुबाआमा सन्दुकलाई अंब कसरी पढ्न पठाउने भन्ने विषयमा छलफल गरिरहेका छन्‌)

सोनाम : अब त सन्दुक पनि छ वर्ष लाग्यो । यसलाई विद्यालय पठाउनु पर्छ अब त।

केसाङ : यो विषयमा म पनि कुरा गरुँला भन्ने लागेको थियो अब श्री पञ्चमीदेखि विद्यालय पठाउनु पर्छ ।

सोनाम : कहाँ पठाउने त विद्यालय चाहिँ यसलाई ?

केसाङ : संके त यो हिमालभन्दा अलि टाढै राम्रो ठाउँमा पठाउन पाए हुन्थ्यो ।

सोनाम : बाहिर पठाउन त धेरै पैसा चाहिन्छ । हामीसँग पैसा छैन । त्यसैले यतैको सामान्य सरकारी विद्यालयमा पठाउनु पर्छु होला ।

केसाङ : हुन्छ, हाम्रै गाउँको सामुदायिक विद्यालयमा श्री पञ्चमीमा भर्ना गरिदिउँ है ।

सोनाम : हुन्छ हजुर अब आउँदो महिनादेखि पठाउँ है । ल गाईलाई घाँस काट्ने बेला भयो म हिँडे ।


Answer class 10 Nepali guide


Reading
(पढाई)

Questions Answers:

(१०) पाठका अनुच्छेदहरू पालैपालो सस्वर वाचन गर्नुहोस्‌ । पाठका अनुच्छेदहरूलाई पालैपालो सस्वर वाचन गर्ने ।
Answer: पाठको अनुछेदहरु पढ्नुहोस।

11)पाठको दसौँ अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्‌ :
दसौँ अनुच्छेद :

रुइतले पहिलेदेखि नै नेपालमा एउटा सुविधा सम्पन्न आँखा उपचार केन्द्रको सपना देखेका थिए । उनको सपनालाई साकार पार्न अस्ट्रेलियास्थित फ्रैड हलोज फाउन्डेसन, समाज सेवी तथा साहित्यकार लगायतले साथ थिए । सबैको सामूहिक प्रयासबाट वि.सं. २०५१ मा तिलगङ्गा आँखा केन्द्रको स्थापना भयो, जुन केन्द्र अहिले मानव संसाधन तालिम केन्द्र बनेको छ । उनले नेपालमा रहँदा मात्र होइन, अस्ट्रेलियामा हुँदासमेत आँखाको रोग सम्बन्धी विभिन्न खोज तथा अनुसन्धान गरे । उनले लामो समयको खोज र अनुसन्धानपछि 'ईइन्ट्राओकुर लेन्स' बनाए र आँखाको शल्यक्रिया गर्ने नयाँ उपचार पद्धति पत्ता लगाए । उनले पत्ता लगाएको नयाँ पद्धिअनुसार शल्यक्रियापछि 'ड्न्ट्राओ कुलर लेन्स' बिरामीको आँखामा लगाइन्छ र बिरामीहरू आफ्नै आँखाबाट संसार देख्छन्‌ । यस्तो लेन्स विदेशमा भन्दा न्नेपालमा सस्तो पर्छु । त्यसैले अहिले विश्वका अधिकांश मुलुकमा यही लेन्सको प्रयोग गर्न थालिएको छ।

(क) रुइतको सपनालाई साकार पार्न ककसले साथ दिए?
Answer: रुड्तको सपनालाई साकार पार्न अस्ट्रेलिया स्थित फ्रैड हलोज फाउन्डेसन, समाजसैवी तथा साहित्यकार लगायतले साथ दिए ।

ख) इन्ट्राओकुलर लेन्स' भन्नाले के बुझिन्छ ?
Answer: 'इन्ट्राओकुलर लेन्स' भन्नाले आँखाको उपचार गर्ने नयाँ उपचार पद्धति भन्ने बुझिन्छ ।

(ग) शल्यक्रियापछि बिरामीहरूले कसरी आफ्नै आँखाबाट संसार देख्छन्‌ ?
Answer: शल्यक्रियापछि बिरामीहरूले 'इन्ट्राओकूलर लेन्स' आँखामा लगाएपछि उनीहरूले आफ्नै आँखाबाट संसार देख्छन्‌ ।

(घ) तिलगङ्गा आँखा केन्द्रको स्थापना कहिले भयो ?
Answer: तिलगङ्गा आँखा केन्द्रको स्थापना बि.सं. २०५१ मा भयो ।

(ङ) विश्वका अधिकांश मुलुकले रुड्तेक्टोमीको प्रयोग गर्नुको कारण कै हो?
Answer: विश्वका अधिकांश मुलुकले रुइतेक्टोमीको प्रयोग गर्नुको कारण सस्तो र सुलभ तरिकाले नयाँ पद्धति अनुसार शल्यक्रियापछि बिरामीले सहजै आफ्ना आँखाले संसार देख्नु हो ।

12) पाठको एघारौँ अनुच्छेद मौन पठन गर्नुहोस्‌ र चार ओटा मुख्य बुँदा तृतीयांशमा सारांश लेख्नुहोस्‌ ।
पाठको एघारौँ अनुच्छेद :

सन्दुक रुइतले विगतका तिन दशकमा आफ्नो उपचार पद्धतिले करिब एक लाख मानिसको सफल शल्यक्रिया गरिसकेका छन्‌ । उनको आविष्कारमा अमेरिकी डा. जेफ टब्बिन, डा. डेविट चाङ र अस्ट्रेलियन डा. फ्रेड हलोजले साथ दिए । रुइ्तले आफ्ना यी साथीहरूमार्फत यो पद्धतिलाई अन्तर्राष्ट्रयिकरण गरे । अमेरिका र अस्ट्रेलियाबाट नेपालको नवीन प्रविधि 'रुइतेक्टोमी' को रूपमा यो उपचार पद्धति प्रारम्भ भयो । अहिले उनले नेपालबाहेक अमेरिका, युरोप, अस्ट्रेलिया, भारत, चिन, उत्तर कोरिया, भियतनाम, थाइल्यान्डलगायत विश्वका असी मुलुकमा यो प्रविधि प्रयोगमा ल्याएका छन्‌ । यो प्रविधि संसारभर गुणस्तरीय र प्रशंसनीय बन्दै गइरहेको छ । उनले मोतीबिन्दुको शल्यक्रिया भिडियोमार्फत र सम्भव भएसम्म आफैँउपस्थित भएर संसारभरिका डाक्टरहरूलाई सिकाउँदै आएका छन्‌ । उत्तर कोरियामा उनले गरेको काम नेसनल जियोग्राफिकले एउटा वृत्तचित्रको रूपमा प्रसारण गरेको थियो । अहिले पनि तिलगङ्गा आँखा उपचार केन्द्र तथा उनको मानवीय सेवाको उच्च मूल्याङ्कन गर्दै बिबिसी, नेसनल जियोग्राफिक च्यानल जस्ता विश्व प्रसिद्ध समाचार टेलिभिजनहरूले विश्वव्यापी रूपमा प्रचार प्रसार गरिरहेका छन्‌ ।

बुँदाहरू:

१. तिन दसकमा सन्दुकको उपचार पद्धतिले लगभग एक लाख मानिस उद्धार हुनु,
२. अमेरिका र अस्ट्रेलियाबाट नेपालको नवीन प्रविधि रुइतेक्टोमीको रूपमा उपचार पद्धति प्रारम्भ हुनु,
३. मोतीबिन्दुको शल्यक्रिया भिडियोमार्फत्‌ सम्भव हुन्छ भन्ने कुरा रुइतले संसारका डाक्टरलाई सिकाउनु,
४. रुइ्तले मानवीय सेवालाई ध्यानमा राखी तिलगङ्गा आँखा अस्पताल गरेको करा बिबिसी, नेसनल जियोग्राफिक च्यानल जस्ता प्रशिद्ध टेलिभिजनले प्रशारण गरिदिनु ।

सारांश:

रुइत र उनको उपचार पद्धति


तक्मा सन्दु्कको उपचार पद्धतिले लगुभग एक लाख मानिस उद्धार भए । अमेरिका र अस्ट्रेलियाबाट सन्दुकले प्रतिपादन गरेको नेपालको नवीन प्रविधि कझतेक्टोमी' उपचार पद्धति संसारमा फैलियो । मोतीबिन्दुको शल्यक्रिया भिडियोमार्फत्‌ सम्भव हुन्छ भन्ने कुरा रुइतले संसारलाई भनिदिए । उनले मानवीय सेवालाई ध्यानमा राखेर नेपालमा तिलगङ्गा आँखा अस्पताल खोले । यो मानवीय सेवालाई विश्वका उत्कृष्ट टेलिभिजन च्यानलहरूले प्रशारण गरिदिए ।

जम्मा शब्द सङख्या : 140
सारांश गर्नुपर्ने सङ्ख्या :43
सारांश गरिएको सङ्ख्या: ५४



class 10 Nepali guide, solutions Chapter 3 Sanduk Ruit (सन्दुक रुइत)

Answers:

13)तलको अनुच्छेद पढी सोधिएका प्रश्नहरूको उत्तर दिनुहोस्‌ :
साँघुको छेउमै पुगेपछि त्यसको आकार स्पष्ट भयो । यस्तो साँघु मैले कहिल्यै कतै देखेको थिइनँ । मास्तिर दुई ओटा र तलतिर तिन ओटा फलामका अहिले नै चुँडिएलान्‌ जस्ता डोरीहरू खोलाको वारिपारि बाँधिएका थिए र तल्तिर डोरीमाथि फलेकहरू तेर्सो पारेर अल्झाइएका थिए । माथिका डोरीबाट तारहरू तलका डोरीहरूसम्म जोल्टिएका थिए । तल बुढी गङ्गा बेतोडसित लहरहरू छदै र नाच्दै फिँजैफिँज काढेर उर्लिरहेको थियो । सात आठ फुट जति त ठाउँ ठाउँबाट फलेकै गायब थिए । डोरी चुँडिएर मात्र होइन, फलेक भाँचिएर वा उक्किएर उकै निमेषमा तल च्यापुले उलँदो छालमा आफूलाई जोत्न सक्थ्यो । यस्तो उपक्रमबाट मान्छे हिँडन सक्छ भन्ने सम्झँदा भेरो हंसले ठाउँ 'छोडयो । (साँपेको साँघु तर्नुअघि, ताना शर्मा)


प्रश्नहरू: (क) साँघुको आकार प्रकार कस्तो थियो ?
उत्तर: मास्तिर दुई ओटा र तलतिर तिन ओटा फलामका अहिले नै चुँडएलान्‌ जस्ता डोरीहरू खोलाको वारिपारि बाँधिएका थिए र तल्तिर डोरीमाथि फलेकहरू तेर्सो पारेर अल्झाइएका थिए ।

(ख) बुढी गङ्गा कसरी उर्ली रहेको थियो ?
उत्तर: बुढी गङ्गा बेतोडसित लहरहरू छदै र नाच्दै फिँजैफिँज काढेर उर्लिरहेको थियो ।

(ग) साँघुमा फलेक र डोरीको अवस्था कस्तो थियो ?
उत्तर: साँघुमा फलेक र डोरीको अवस्था अत्यन्त नाजुक थियो ।

(घ) लेखकको हंसले किन ठाउँ छोड्यो ?
उत्तर: खतरनाक अवस्थामा रहेको साँघुबाट मान्छे हिँड्न सक्छ भन्ने सम्झँदा लेखकको हँसले ठाउँ छोड्यो ।

(ङ) 'साँघु' र 'निमेष' शब्दको अर्थ लेख्नुहोस्‌।
उत्तर: झन 'साँघु' को अर्थ नदी, खोला आदिको माथिबाट पार गर्न खम्बा उठाएर वा अन्य तरिकाले बनाइएको बाटो, सेतु र 'निमेष' को अर्थ एकपटक आँखा भझिम्कँदा लाग्ने समय वा ज्यादै थोरै क्षण हो।


Writing
(लेखाई)


Questions:

Answers of class 10 nepali
Guide book notes lesson 3 in nepali
14) तलका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस्‌ :

(क) रुइतको बाल्यकाल कस्तो थियो ?
उत्तर: ताप्लेजुङ जिल्लाको अति नै दुर्गम मानिएको ओलाङचुङगोलाको सुन्दर प्रकृतिको काखमा सन्दुक रुइतको बाल्यकाल बित्यो । चिनसँग सिमाना जोडिएको ओलाङचुङगोला तमौर नदीको सिरानमा पर्छ तर उनको घर अलि तल खोचमा थियो । त्यही होचो ठाउँमा उनी प्रत्येक बिहान डाँडापाखा रातै फुलेका फुलहरू हेरेर मुग्ध हुन्थे र सेताम्मे देखिने हिमालहरू हेरेर रमाउँदै आमाबुबा र साथीभाइसँग बेरोकटोक खेल्न र रमाउन पाएका रुझ्तको बाल्यकाल असाध्यै रमाइलो र लोभलाग्दो थियो । उनी पढ्नका लागि दार्जिलिङ गएपछि भने उनको जीवन बढी सङ्घघर्षणशील बन्यो । उनले परदेशमा बस्दा अनेक दु:ःखकष्ट ओग्नुपन्यो । प्रारम्भमा उनको बाल्यकाल निकै आनन्दको थियो भने पढाइ सुरु गरेपछि सड्घर्षपूर्ण बन्यो । बसौँसम्म घर परिवारबाट टाढा बस्नुपर्दा उनलाई दिक्क लाग्थ्यो तर पनि उनले हिम्मत नहारी अध्ययन गरे र जीवनमा सफलता पाए ।

(ख) सन्दुक रुईतले डाक्टर बान्ने अठोट कसरि पुरा गरे ?
उत्तर: आफ्नो छोरा सन्दुक डाक्टर बनोस् भन्ने ईच्छा उनका बुबाको थियो । दुर्गम र कुनै नभएका ठाउँमा बसौबास गर्ने भए पनि जेठा छोराको मृत्युले आहत बनेका रुइ्तका बुबाले घरबाट धेरै टाढा दार्जिर्लिङ पुन्याएर स्कुलमा भर्ना गरिदिए । पछि उनका बुवाले दार्जिलिङबाट काठमाडौं ल्याई सिद्धार्थ वनस्थलीमा भर्ना गरिदिए । यसै बेला उनकी बहिनीको उपचार नपाएर क्षयरोगका कारण दुःखद निधन भयो । आफूभन्दा एक वर्ष मात्र कम उमेरकी बहिनीको निधनले उनलाई निकै भावुक बनायो । यस घटनापछि निकै नै शोकाकूल बनेका सन्दुक डाक्टर बनेर बाबाको सपना साकार पार्ने दृढ अठोट गरै र भएर पढ्न थाले । उनले सिद्धार्थ वनस्थलीबाट प्रबेशिका परीक्षा र त्रिचन्द्र कलेजबाट आइएस्ती उत्तीर्ण गरे । यसै क्रममा अर्की बहिनीको निधनले झनै आहत बने पनि उनले पढाइलाई निरन्तरता दिइनै रहे । डाक्टर बन्नै सपना बोकेका रुझतले वि.सं. २०२९ मा एमबिबिएस पढ्न भारतको लखनउस्थित किङ्गस जर्ज मेडिकल कलेजमा छात्रवृत्ति पाए । त्यहाँबाट एमबिबिएस पास गरेपछि उनले डाक्टर बन्ने अठोट पुरा गरे ।

(ग) रुझतेक्टोमी कै हौ र यसमार्फत कसरी आँखाको उपचार गरिन्छ ?
उत्तर: मोतीबन्दु भएका बिरामीलाई नवीन प्रविधिबाट शल्यक्रिया गरी उपचार गरिने रुझ्तेक्टोमी सन्दुक रुड्तले धेरै खोज अनुसन्धानबाट पत्ता लगाएको आँखाको उपचारसम्बन्धी विशेष प्रविधि हो । यो प्रविधि चिकित्सा पद्धतिका क्षेत्रमा अहिले नेपाली प्रविधिको रूपमा विश्वभर चर्चित छ । सरल र कम लागतमा मोतीबिन्दुको गरिने यस उपचारलाई विश्वभर फैलाउन रुड्तको ऐतिहासिक र महत्त्वपूर्ण योगदान रहेको छ । यसमा मोतीबिन्दु भएका बिरामीलाई नयाँ प्रविधिबाट शल्यक्रिया गरी 'इन्ट्र्ओकुलर लेन्स' लगाई आँखाको उपचार गरिन्छ र बिरामीहरू आफ्नै आँखाबाट संसार देख्न सक्षम हुन्छन्‌ । यसरी रुड्तले पत्ता लगाएको उपचार पद्धतिबाट आँखाको सफल उपचार गरिन्छ । यसरी रुड्तले पत्ता लगाएको उपचार पद्धतिबाट आँखाको सफल उपचार गरिन्छ ।

(घ) सन्दुक रुझ्त कसरी विश्वका चर्चित र सफल डाक्टर बने ?
उत्तर: परानो र खर्चिलो विधिबाट आँखाको मोतीबिन्दुको उपचार गर्ने विपरीत सन्दक एउटा सरल र सस्तो पद्धतिबाट आँखा रोगीको र गर्न चाहन्थे । अनुसन्धानका क्रममा शल्यक्रिया गर्दै जाँदा उनले नयाँ प्रविधिको आविष्कार गरे । उनले आविष्कार गरेको प्रविधि सबैभन्दा सस्तो र भरपर्दो सावित भयो । उनले आँखामा मोतीबिन्दृ भएका बिरामीका लागि एउटा 'इन्ट्राओक्र लेन्स' को विकास गरे । उनले निर्माण गरेको उपचार पद्धतिलाई संसारमा प्रचार गर्न अस्ट्रेलियास्थित फ्रेड हलोज फाउन्डेसन, समाजसेवी तथा साहित्यकार लगायतले सहयोग गरेका कारण उनी विश्वका चर्चित र सफल डाक्टर बन्न प्‌गे ।

(ङ)सन्दुक रुइतको जीवनीबाट के-कस्तो प्रेरणा पाउन सकिन्छ ?
उत्तर: सन्दुक रुइतको जीवनीबाट धेरै प्रकारको प्रेरणा पाउन सकिन्छ । सर्वप्रथम भौगोलिक रूपमा विकट हिमाली क्षेत्रको मध्यम वर्गीय परिवारमा जन्मिएका सन्दुक रुइतले बाल्यकालमा अभिभावकबाट टाढिएर अध्ययन गरेका थिए । अध्ययन गर्ने स्थानभन्दा घर टाढा भएकोले चार पाँच वर्षसम्म पनि आफ्ना आम बुबा संग भेट नगरी अध्ययन गर्न बाध्य भएका थिए । आफ्नो लगनशीलता र मिहिनेतले गर्दा उनी डाक्टरी पढ्न सफल भए । आँखाको डाक्टर बनेका रुइतले संसारकै सस्ती पद्धतिबाट भोतीबिन्दुको उपचार गर्ने नवीन पद्धति पत्ता लगाए । सन्दुकको जीवनीबाट हामीले मिहिनेत परिश्रम गर्नुपर्छ भन्ने प्रेरणा पाउन सकिन्छ। त्यस्तै बिरामी वा असहायको सेवाबाट आनन्द प्राप्त हुने प्रेरणा प्नि उनको जीवनीबाट प्राप्त गर्न सकिन्छ । यस्तै जातीय सङ्कीर्णताभन्दा माथि उठेर राष्ट्रिय पहिचानलाई सर्वोपरि ठानी काम गर्ने र राष्ट्रिय एकतालाई बलियो बनाउने भावना विकसित गर्नुपर्छ भन्नै उनको विचारबाट पनि प्रशस्त प्रेरणा लिन सकिन्छ ।


१५) पाठको बारौं अनुच्छेदबाट मुख्य पाँच ओटा बुँदा टिप्नुहोस्‌ ।
बारौँ अनुच्छेद:
अहिले विश्वमै आँखाको समस्या गम्भीर रूपमा देखा परेको छ । बढ्दो प्रविधिसँगै आँखा रोगीहरूको सङ्ख्या पनि बढ्दै छ । मोतीबिन्दु, जलबिन्दु, उच्च रक्तचाप, मधुमेह र चोट पटकका कारण आँखाको दृष्टिशक्ति हराउँछ र मानिसमा दृष्टिविहीनता देखापर्छ । चस्मादोष पनि दृष्टिविहीनताको अर्को कारण हो भने कैयौँ मानिसमा जन्मँदै दृष्टिविहीनता देखापर्छ । आँखाको दृष्टिशक्तिलाई बचाइराख्न खानपान र आहार विहारमा एवम्‌ जीवन शैलीमा ध्यान दिनुपर्छ । हरियो सागसब्जी, फलफूल, गेडागुडी, दुध आदि खाद्य पदार्थले आँखालाई फाइदा गर्छन्‌ । चुरोट र रक्सीले हाम्रो आँखालाई हानी पुग्याउँछ । लामो समयसम्म मोबाइल र कम्प्युटरमा बस्दा र धेरै समय टेलिभिजन हेर्दा पनि आँखाको दृष्टि शक्ति कमजोर हुन्छ । यसरी समस्यामा परेका आँखाका रोगीहरूलाई रुइतले तिलगङ्गा आँखा केन्द्रलाई कर्मयलो बनाएर सेवा प्रदान गरिरहेका छन्‌ । उनले तिलगङ्गा आँखा केन्द्रलाई एसिया क्षेत्रकै प्रमुख तालिम केन्द्र बनाउने सपना देखेका छन्‌ भने नेपालका अन्य अस्पताल तथा देशभरि घुम्ती शिविर सञ्चालन गरेर पनि सेवा दिइरहेका छन्‌ । अहिले उनी तिलगङ्गा आँखा केन्द्रमार्फत्‌ विश्वका डाक्टरलाई नेपाली प्रविधि सिकाइरहेका छन्‌ । आगामी दिनमा उनी विश्वका करिब नौ दस ओटा देशमा तिलगङ्गा जस्तै आँखा अस्पताल र अनुसन्धान शाखा खोल्ने योजनामा छन्‌ ।

Answer:बुँदाहरू:

१. बढ्दो प्रविधिसँगै अहिले विश्वमै आँखाको समस्या गम्भीर रूपमा देखा पर्नु,

२. हरिया सागसब्जी, फलफूल, गेडागुडी, दुध आदि खाद्य वस्तुले आँखालाई फाइदा गर्छ भने चुरोट र रक्सी, मोवाइल, कम्प्युटर, टेलिभिजन आदिको प्रयोगले आँखालाई बेफाइदा गर्नु,

३.हाल रुद्दतले विश्वका डाक्टरलाई नेपाली प्रबिधि सिकाइरहेका र आगामी दिनमा विश्वका नौ दस ओटा देशमा तिलगङ्गा जस्तै आँखा अस्पताल र अनुसन्धान शाखा खोल्ने यौजनामा रहेका ,

४. लामौ समयदेखि आँखाको समस्यामा परेको रोगीहरूको उपचार गर्ने एसियाकै गनन केन्द्र बनाउने हेतुले रुइतले तिलगङ्गा आँखा अस्पतालको स्थापना गरेका,

५, आमामी दिनमा उनले विश्वका करिब नौ दस'ओटा देशमा तिलगङ्गा जस्तै आँखा अस्पताल र अनुसन्धान शाखा खोल्ने योजना बनाउनु,


exercise of Nepali class 10 book


16) भाव स्पष्ट गर्नुहोस्‌ :
(क) प्रत्येक जातिको आफ्नो जातीय, भाषिक र धार्मिक पहिचान हुन्छ ।
उत्तर: मानिसको आ-आफ्नै पहिचान हुन्छ । कनै पनि मानिसको आफ्नो जातीय पहिचान हुन्छ । मानिसले आफ्नो जातीय पहिचानलाई माथि उठाउन ठलो प्रयास गरेको हुन्छ। मानव सभ्यताको लामो इतिहासमा उसले आफ्नौ स्वतन्त्र पहिचान कायम गरेको पाइन्छ । हरेक जातजाति, भाषाभाषी र धर्म मान्ने मानिसहरूले बर्सौ पहिलेदेखि आफ्नो पहिचान कायम गरेको देखिन्छ ।

संसारमा थुप्रै जातजातिहरूको बसोबास रहेको छ । उनीहरूका भाषा पनि बेग्ला बेग्लै छन्‌ । उनीहरूले आफ्नो जातको भाषा विकसित गरेका छन्‌ । हजारौँ वर्षको इतिहास लगाएर तयार पारिएको भाषामा ततृतत्‌ जातिको पहिचान स्पष्टत: देख्न सकिन्छ । त्यस्तै हरेक जातिले आफ्नौ धार्मिक पहिचान पनि कायम गरेका छन्‌ । अनेक धर्म मान्नैहरू संसारभर पाइन्छन्‌ र तिनले आपसमा धार्मिक सहिष्णुता पनि कायम गरेका छन्‌ । नेपाल अनेक जातजाति, भाषाभाषी र धर्म मान्ने मानिसहरूको बसोबास रहेको छ र उनीहरूका बिच आपसमा सद्भाव कायम छ । यही अवस्था सुदुर भविष्यसम्म कायम हुनुपर्छ भन्ने सन्दुक रुइतको मान्यता छ ।

(ख)नेपालको एउटा दुर्गम गाउँमा जन्मिएका रुइत अहिले विश्वभर चर्चाको शिखरमा छन्‌ ।
उत्तर: नेपाल एउटा अल्पविकसित पहाडी मुलुक हो । सानौ देश भए पनि यस देशको भौगोलिक अवस्था विविधतायुक्त छ । यहाँ थुप्रै दुर्गम ठाउँदेखि सुगम ठाउँ पनि छन्‌ । दुर्गम ठाउँका मानिसहरूको जीवन बडौ कठिन हुने गर्छु । दुर्गम ठाउँका जनताले शिक्षा, स्वास्थ्य, रोजगार जस्ता क्राबाट वञ्चित हुनुपर्छ । यस्तो अति विकट ठाउँमा जन्मिएका डाक्टर सन्दुक रुइतले आफ्नो अथक मिहिनेतका कारण आज विश्वभर चर्चाको शिखरमा रहेका छन्‌ ।

ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला जस्तो दुर्गम ठाउँमा डाक्टर सन्दुक रुझतको जन्म भएको हो । कठिन परिश्रम गरी आँखाको सफल डाक्टर बन्नुका साथै आफ्नै मिहिनेत र अनुसन्धानका कारण उनी आँखाको उपचारसम्बन्धी नयाँ प्रविधि पत्ता लगाउन पनि सफल भए । फलतः उनले आविष्कार गरेको आँखाको उपचारसम्बन्धी प्रविधि सस्ता र सुलभ भएका कारण संसारकै ध्यान आकर्षित भयो । यही कारण दुर्गम ठाउँमा जन्मिएका भए पनि डाक्टर सन्दुक रुझत आफ्नो मिहिनेत र अनुसन्धानका कारण आज संसारभर चर्चित बनेका छन्‌ । तसर्थ, ठुलो मान्छ हुन सुगममै जमिन्नु पर्छ भन्ने छैन । दुर्गममा जन्मिए पनि आफ्नो मिहिनेत र अनुशासनले ठुलो मान्छे हुन सकिन्छ भन्ने क्राको बलियो प्रमाण डाक्टर रुइत बनेका छन्‌ ।


17) पाठको छैटौं अनुच्छेदबाट 'श' र 'स' को प्रयोग भएका शब्दहरू लेख्नुहोस्‌ ।
Answer: 'श' को प्रयोग भएका शब्दहरु :
शोकाकुल,अध्ययनशील, प्रवेशिका , लगनशील,

'स' को प्रयोग भएका शब्दहरु:
सन्दुक, जिज्ञासु, त्यसैले, सिद्धार्थ, वनस्थली, स्कुल, यसै, सपना, साकार, आइएस्सी, समक्ष, यसरी, साहस, साथ
18) पाठका सातौँ अनुच्छेदबाट हृस्व इकार र दीर्घ ईकार लागेका पाँच-पाँचजीटा शब्द लेख्नुहोस्‌ ।
Answer: हृस्व इकार लागेका पाँच सब्दहरु: परिवार , फिजिसियन , मानिस , सिलसिला, अभिभावक दीर्घ ईकार लागेका पाँच सब्दहरु: वीर, नवीन, उनी, रोगी, खुसी

१९) उदाहरण हेरी तलका अनेकार्थी शब्दलाई भिन्न भिन्न अर्थ आउने गरी वाक्यमा प्रयोग गर्नुहोस्‌ ।

दर, कर, तर, खोटो, रहर, सुर, हार, हुस्सु, कल, पत्र, जाली, उत्तर, साँचो, साल, पुतली, मास, अर्थ, फल

Answer: १)दर : यो कुन दरको जग्गा हो।
दर : दर खाने दिन कति रमाइलो हुन्छ।

२)कर : तिमीले कर लगाएर मात्र म सिनेमा हेर्न आएको नत्र त घरमै बस्थेँ ।
कर : मल्लाई घर जान कर नगर ।

३) तर: आभाषलाई दूधको तर मिठो लाग्छ ।
तर: आयुष तिमी यो साँघु तर, हे।

४ )खोटो : तिमी जङ्गगल गएर खोटो लिएर आङ ।
खोटो : ग्राहकलाई खोटो चिज दिएर नझुक्याक ।

५)रहर : मलाई पोखरा घुम्न जाने रहर छ ।
रहर : मेरो भाइ रहरको दाल भनेपछि हरुक्क हुन्छ ।

८)सुर : आज घरको चारै सुरमा बत्ती बालियो ।
सुर : दाजुको के सुर छ, थाहा पाइएन ।

९ ) हार: आज मैले बहिनीलाई हार किनिदिएँ ।
हार: आजको फुटबल खेलमा साजीलाल मा.वि.को हार भयो

१०)हुस्सु : आज बिहान धेरै हुस्सु लागेर क्याम्पस जानै सकिएन ।
हुस्सु : दर खाने दिन कति रमाइलो हुन्छ।

११)कल : मैले भाइलाई तीन पटक कल गरेँ ।
कल : केटाकेटीहरूले कल गरै भने आमाबाबुले दु:ख पाउँछन्‌ ।

१२)पत्र : मैले भाइलाई चाँडै घर आउनु भनी पत्र लेखेँ ।
पत्र : श्याम पुस्तकका पत्र पल्टाउँदै छ ।

१३)जाली : हरिबहादुर जाली बोकेर माल्ला मार्न गयो ।
जाली : जाली मानिसको भरोसा गर्नु हँदैन ।

१४)उत्तर : मलाई तिमी साँचो उत्तर देक ।
उत्तर : उत्तर दिशामा देवताको वास हुन्छ भन्नै मान्यता छ ।

१५ )साँचो: अभिषेक खत्री गेटको साँचो खोल्न सक्दैन ।
साँचो: आरुस्का सधैँ साँचो क्रा बोल्छिन्‌ ।

१६)साल : बेलबारीको जङ्गलमा ठूला ठूला सालका रुख छन्‌ ।
साल: यो साल त धेरै लिच्ची फल्ला जस्तो छ।

१७)पुतली : पुरुषहरूले पहिले पहिले महिलालाई पुतली जस्तै ठान्थे ।
पुतली : आयुषालाई फूलबारीको पुतली सारै मन पर्छु ।

१८)अर्थ: यस पटकका अर्थमन्त्री सारै मिजासिला छन्‌ ।
अर्थ: बहिनीलाई आज सोपानको अर्थ आएन ।

१८)फल: हामीले पापको फल भोग्नु पर्छ ।
फल: फल मध्ये मलाई स्याउ उत्कृष्ट लाग्छ ।


Nepali guide of class 10 nepali book




Nepali Grammar
(व्याकरण)


Questions:

Answers of class 10 nepali
Class 10 nepali chapter 3 execrices with answers

Answers:

४) तल दिइएका शब्दहरू पढ्नुहोस्‌ र तालिकामा दिइए जस्तै गरी क्रियायोगी, नामयोगी र संयोजक छुट्याएर अभ्यास पुस्तिका लेख्नुहोस्‌।

बर, पर, तल, सित, सँग, पर्यन्त, र, अनि, अनुसार, त्यसैले, माथि, ढकमक्क, चिटिक्क चिटचिट, पढ्न, पढेर, हिजो, निम्ति, आज, भोलि, बा, अधवा, तर, तापनि, भने, भन्नै गुनगुन, सम्म, साथ, भरि, तिर, प्रति, कि, किनकि, भित्र, पहिले, अहिले, गरेकाले चसचस, चम्किए

Answer: क्रियायोगी शब्दहरु- वर, पर, तल, ढकमक्क, चिटिक्क, चिटचिट, पढ्न, पढेर, हिजो, आज, भोलि, गुनगुन, अहिले, यस यस, चम्किए

गामयोगी शब्दहरु- सित, सँग, पर्यन्त निम्ति, सम्म, साथ, भरि, तिर, प्रति, भित्र

संयोजक शब्दहरु- र, अनि, त्यसैले वा, अथवा, तर, तापनि, भने, भन्ने, कि, किनकि



Questions:

सिर्जनात्मक अभ्यास
1) तल दिइएका बुँदाहरूका आधारमा जचनी तयार पार्नुहोस्‌ :

नाम : लक्ष्मीप्रसाद देवकोटा
जन्म: बि.सं. १९६६ कार्तिक २७
जन्म स्थान : घोबीधारा, काठमाडौं
पितामाता : तिलमाधव देवकोटा अमर राज्यलक्ष्मी
प्रमुख साहित्यिक कृति :
महाकाव्य : . फाल सुलोचना, बनकुसुम, महाराणा प्रताप, पृष्वीराज
खण्डकाव्य : मुनामदन, लुनी, -कुञ्जिनी, सृजामाता आदि
उपन्यास : चम्पा
क्या : लक्ष्मी कथासङ्ग्रह
निबन्ध : लक्ष्मी निबन्धसङ्ग्रह, दाडिमको रुखनेर
साहित्यिक योगदान : नेपाली साहित्यका महाकवि, प्रकृतिप्रेमी, देशभक्त तथा बिशिष्ट निबन्धकार, एकेडेमीका संस्थापक, नेपाली साहित्यका प्रचारक
साहित्यिक विशेषता : स्वच्छन्दतावादी कवि, मानवतावादी विचार, कल्पनाशीलता तथा बौद्धिकताको प्रस्तुति
मृत्यु : क्यान्सर रोगबाट २०१६ साल काठमाडौंमा


Answer:
लक्ष्मीप्रसाद देवकोटा
नेपाली साहित्यका महान्‌ साहित्यकार लक्ष्मीप्रसाद देवकोटाको जन्म वि.सं. १९६६ साल कार्तिक २७ गतेका दिन काठमाडौंको घोबीधारामा भएको थियो । यिनका पिताको नाम तिलमाधव देवकोटा र माताको नाम अमर राज्यलक्ष्मी हो । यित दम्पतीका क कि रूपमा दैवकौटालै यस धर्तीमा पदार्पण गरेका थिए । देवकोटाका थाप साहिथिक कृतिहरू प्रकाशित भएका क शाकन्तल, सुलोचना, बनकुसुम, महाराना प्रताप, पृथ्वीराज चौहान जस्ता महाकाव्यकारहरू र मुनामदन, लुनी, हल्का आदि उल्लेखनीय खण्डकाव्यहरू पनि प्रकाशित भएका छन्‌ । यसैगरी चम्पा शीर्षकको एउटा उपन्यास, लक्ष्मी कथा सङ्गगाह शीर्षकको कथासङ्ग्रह एवम्‌ लक्ष्मी निबन्धसङ्ग्रह र दमिडको खुखनेर जस्ता चर्चित निबन्धसङ्ग्रह पनि उनका प्रकाशित भएका छन्‌ ।

लक्ष्मीप्रसाद देवकोटा नेपाली साहित्यका महाकविका रूपमा ज्यादै चर्चित छन्‌ । यिनी एक सफल प्रकृतिप्रेमी कवि थिए । यिनका रचनामा देशभक्ति र मानवतावादी चिन्तन सशक्त रूपमा प्रकट भएको पाइन्छ । यिनी कविका साथै विशिष्ट निबन्धकार पनि हुन्‌ । एकेडेमीका संस्थापक र नेपाली साहित्यका प्रचारक अनि स्वच्छन्दतावादी कविका रूपमा चर्चित देवकोटा एक मानबतावादी विचारलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने कल्पनाशील तथा बौद्धिकतालाई समेत आफ्ना रचनामा समावेश गर्ने प्रतिभाशाली कवि थिए । यस्ता अदभुत प्रतिभाको क्यान्सर जस्तो डरलाग्दो रोगका कारण असमयमै २०१६ सालमा काठमाडौँमा देहावसान भयो ।

The End

Class 10 Nepali guide book notes lesson 3 Sanduk Ruit all answers



Other Lessons:

Class 10 Nepali guide book notes lesson 1 janmabhumi all answers
Class 10 Nepali guide book notes lesson 2 Santusti all answers
Class 10 Nepali guide book notes lesson 4 Thanka all answers
Important Notice

If this post helped you, you can also help others and us by sending us your essays and poems. So like that more people can get help and you also get credits in the bottom of the post.
You can contact us by these following ways-
Facebook - https://www.facebook.com/essayinnepali
Email - prashnnanewar21@gmail.com
or click here

Post a Comment

2 Comments