Facebook SDK

Nepali essay on Environment Pollution | Nibandh on environment pollution in Nepali

HERE IS THE ESSAY ON EVIRONMET POLLUTION IN NEPALI LANGUAGE

Essay on Environment Pollution

वातावरण प्रदूषणमा निबन्ध

Nepali essay on Environment Pollution | Nibandh on environment pollution in Nepali
Nepali essay on Environment Pollution | Nibandh on environment pollution in Nepali


वातावरणीय प्रदूषण

Environment pollution essay in nepali
Nibandh on evrionment pollution in Nepali

What is environment( वातावरण भनेको के हो)

हाम्रो वरपरका सबै जीवित र निर्जीव चीजहरू वातावरण भित्र पर्दछन। यसमा प्राकृतिक र मानव निर्मित पक्षहरु सामेल छन्। हावा, पानी, आकाश, घर, भवन आदि वातावरणको केही अंशहरू हुन्। हामी मानिसहरु पनि वातावरणको एक भाग  हौ र एसको संरक्षण गर्नु हाम्रो कर्तव्य हो। यदि हामी वातावरण संरक्षण गर्यौ  भने आझै हामीलाईनै फाइदाजनक हुन आउँछ। 

essay on environment pollution in nepali language
Essay on environmental pollution in nepali

What is environment pollution? ( वातावरण प्रदूषण के हो?)

प्राकृतिक वातावरणलाई हानी गर्ने प्रक्रिया वा येसता क्रियाकलपहरू जसले पृथ्वीको इकोसिस्टम र पृथ्वीमा बस्ने जीवहरुलाई नकारात्मक तरिकाले आसर गर्छ त्सलैनै वातावरण प्रदूषण भनिन्छ। वास्तविकता के हो भने वातावरण प्रदूषण अधिकांश मानव द्वारा गरिन्छ र  दिनदिनै येस्ता  क्रियाकलापहरुको बृद्धि भैरहेको पाईन्छ। लाजमर्दो  हामी मानिसहरु जो सबैभन्दा बुद्धिमान् र  चेतनशील जीव भनेर चिनिन्छौ। ति मनिसहरुलेनै सबै भन्दा धेरै वातावरण प्रदूषण गर्ने गरेका  छन्।  यो सबै मनिसहरूका लागि एउटा  लाजमर्दो कुरा हो। प्रदूषण को धेरै प्रकारहरु छन् जुन मानव द्वारा गरिन्छ। 

Environmetal pollution essay in nepali
environment pollution essay in nepali langauge


Types of environmental pollution(वातावरणीय प्रदूषण को प्रकारहरु)

वायु, पानी, माटो, ध्वनि, प्रकाश र आणविक प्रदूषण प्रदूषणको केहि मुख्य प्रकारहरू हुन्। वायु प्रदूषणका मुख्य कारणहरु  कारखाना, भवनहरुको  चिमनी र पुरानो गाडीहरुबाट निस्किएका हानिकारक ग्यासहरू हुन्।पानी को स्रोतहरु जस्तै खोल, नदिहरुमा फोहोर फाल्ने, पेशाब गर्ने, लुगा धुने, उद्योगहरुले  हानिकारक रसायनहरु छोडने जस्ता कामहरूले पानी प्रदूषित हुन्छ । माटो प्रदूषण ज्यादातर वन फँडानी, कीटनाशकको ​​अत्यधिक प्रयोग र जमिनमा प्लास्टिक जस्तो ठोस फोहोर फ्याँक्दा हुने गर्छ। आवश्यकता नभएको खण्डमा सवारीको हार्न प्रयोग गर्दा, पार्टीमा लाउडस्पीकरको प्रयोगले ध्वनि प्रदूषण हुन्ने गर्छ। 

Essay in nepali language on environmental pollution
Essay in nepali language on environment pollution

    Effects of environment pollution(वातावरण प्रदूषण को प्रभाव)

वातावरण प्रदूषणको असरहरु नयाँ रोग हरु देखापर्नु, बोटबिरुवा र जनावरहरूको लोप हुँने ,  वातावरणप्रकृतिमा नकारात्मक परिवर्तन हुन्ने आदि हुन । वायु प्रदूषणको कारणले विभिन्न रोगहरू जस्तै फोक्सोको क्यान्सर, हृदय रोग र श्वासप्रश्वाससम्बन्धी धेरै रोगहरू हुन्छ। पानी प्रदूषणले पानीको गुणस्तर कम गर्दछ र येस्तो पनि पिउनाले परिणामस्वरूप विभिन्न रोगहरू जस्तै हैजा, पखाला, हेपेटाइटिस आदी लग्नसक्छ। माटो प्रदूषणले जमिनको गुणस्तर बिगर्छ जसले गर्द माटो सुखा हुन्ने जस्ता समस्या निम्त्याउँछ जसले गर्दा तेस जमिनमा खेती गर्न मिल्दैन र यसले प्राकृतिक प्रकोपजस्तो पहिरो पनि निम्त्याउँछ । यदि ध्वनि प्रदूषण हुन्छ भने हामी ठीकसँग सोच्न सक्दैनौं, हामी लाई धेरै  जस्तो नकारात्मक सोचहरु मात्र आउँछ र चिढचिढो महसुस गर्छौं।अनावश्यक र चर्को आवाजले तपाईंलाई धेरै मनोवैज्ञानिक स्वास्थ्य सम्बन्धित समस्य जस्तै  चिन्ता, उच्च तनाव, डिप्रेसन हुन सक्छ।

वातावरण प्रदूषण को प्रभावको रूप मा सम्पूर्णले विश्व ग्लोबल वार्मिंग जस्ता  धेरै ठूला समस्याहरु को सामना गर्दै छ। जसले गर्दा तापमान वृद्धि, पानीको अभाव, आगलागीको खतरा, खडेरी जस्ता समस्या हरु निम्त्याउँछ।पृथ्वी मा तापक्रम बढ्दै जाँदा हिमनदीहरू पग्लिरहेछन्। ओजोन तह पनि पातलो हुँदै गइरहेको छ।  वातावरण प्रदूषणका कारण धेरै बोटबिरुवा र जनावरहरू लोप हुँदैछन्।

What can be done to stop Environment Pollution?(वातावरण प्रदूषण रोक्न के गर्न सकिन्छ?)


nepali nibandh on evironmental pollution
Nepali nibandh on environmet pollution

यसलाई रोक्न सबै मानिसहरूले वातावरणको महत्त्व र आवश्यकता बुझ्नुपर्दछ र येस्तै कार्यहरु गरिरहन्छौं भने एसको परिणाम, प्रभाव, कारणहरू के के हुनेछन्। हामीले बिभिन अभियान चलाएर वातावरण प्रदूषणको बारेमा चेतना फैलाउनु पर्छ। गाडीको होर्ण 
आवश्यक परे मात्र प्रयोग गरेने , रूख रोप्ने, जथाभावी दुवै जमिन र पानीमा फोहोर नफाल्ने यी केहि चीजहरू पर्यावरण प्रदूषण रोक्न हामी गर्न सक्दछौं। सरकारले विभिन्न ठाउँमा सार्वजनिक शौचालय निर्माण गर्न सक्दछ। ठाउँ ठाउँमा डस्टबिन राखेमा यो केहि  हदसम्म रोकिन सक्छ।धेरै पुरानो सवारीहरू चलाउन रोक लगाउनु  किनकि तेस्ता सवारीहरुले अधिक धुवा फल्ने  गर्छन्  कीटनाशक कम , सावधानीपूर्वक र अति आवश्यक परेमा मात्र प्रयोग गर्ने। 

Renewable and Non-Renewable sources of energy.
(नवीकरणीय र गैर नवीकरणीय ऊर्जाको स्रोतहरू।)

हामीले गैर-नवीकरणीय उर्जा प्रयोग गर्नु हुँदैन जुन  फेरि प्रयोग गर्न सकिदैन यदि यो एक पटक प्रयोग गरियो भने जस्तै  तेल, पेट्रोल, कोइला। गैर-नवीकरणीय उर्जा प्रयोग गर्नुको सट्टा हामी नवीकरणीय उर्जा प्रयोगमा बढी केन्द्रित हुनुपर्छ जुन कहिले पनि सिदिदैना र धेरै पटक प्रयोग गर्न सकिन्छ।  यसको उदाहरण जलविद्युत्, सौर्य, हावा, प्रकाश उर्जा हो। यो प्रयोग गरेमा येसका धेरै फाइदाहरु छन् जस्तै यसको लामो समयसम्म चल्ने, सस्तोमा र यसले वातावरणलाई हानी गर्दैन।

वातावरण र मानिस भन्दा फरक सुनिए पनि यि एक हुन् । यिनीहरु एक अर्कासँग अन्योन्याश्रित सम्बन्ध राख्दछन् । मानिस चेतनशील प्राणी भएकोले प्रकृति र वातावरण वीच सन्तुलन कायम राख्न अग्रसर हुनुपर्दछ ।हाम्रो सोच विचार वातावरणमा निर्भर गर्दछ । मानिसको स्वास्थ र सन्तुष्टि र सोचका लागि वातावरण स्वच्छ हुन अत्यन्त आवश्यक पर्दछ । जीवनमा महानतम विचारको स्रोत उपयुक्त वातावरण हो । सर्व विकास हुन शारीरिक मानसिक र सामाजिक विकास हुन आवश्यक पर्दछ । यसलाई स्वस्थ भन्न सकिन्छ । यसको लागि वातावरण स्वच्छ र स्वस्थ हुन अत्यन्त आवश्यक पर्दछ । स्वच्छ विचारबाट स्वस्थ शरीरको निर्माण हुन सक्छ अनी स्वस्थ शरीर र असल विचारबाटै अपेक्षित सन्तुष्टि प्राप्त गर्न सकिन्छ । 

Post a Comment

9 Comments

  1. Really helpful .....you should use or implement auto English translation plugin or feature in your blog..

    ReplyDelete
    Replies
    1. Hmm.. good idea lets see what happens we would try to implement and thanks for you advice🥰🥰

      Delete
  2. It essay is really helping me.

    ReplyDelete
  3. OK thanks for this essay 🙏🏻

    ReplyDelete
  4. I won the essay competition by writing this environment pollution. Thank you

    ReplyDelete
  5. Thank you it really helps me for essay competition

    ReplyDelete
  6. it is so useful and it helps me a lot

    ReplyDelete