Class 10(SEE) 2078 Nepali guidebook notes lesson/chapter 2 Santusti all answers
Today I'm going to share Complete notes and all answers of exercise of class 10 2078 Nepali book Chapter 2 Santusti
Table of Contents
- 1 Nepali Guide with all notes and answers of class 10 2078(SEE)
- 1.1 Chapter 2: Santusti(जन्मभूम)
- 1.1.1 Notes of Listening (सुनाईका अभ्यासहरू)
- 1.1.2 Answers of Exercise From 1-3
- 1.1.3 Answers of Exercise From 4-12
- 1.1.4 Short Question's Answers
- 1.2 Nepali Guide of Writing (लेखाईका अभ्यासहरू)
- 1.2.1 Answers of Exercise From 13-17
- 1.2.2 Question's Answers(सप्रसङ्ग उत्तर)
- 1.2.3 Long Question's Answers(व्यख्या गर उत्तर)
- 1.2.4 Gender Equality(लैङ्गिक समानता उत्तर)
- 1.2.5 Mero Sapana(मेरो सपना हरु उत्तर)
- 1.3 Grammar/Vyakaran exercise(व्याकरणका अभ्यासहरू)
- 1.3.1 Answers of Exercise From 1-2
- 1.3.2 Answers of Exercise From 3-6
- 1.4 Others(बाकी अभ्यासहरू)
- 1.4.1 Kabita/Poem(कविता)
- 1.4.2 Essay Writing on Gender role and equality लैंगिक भूमिका र समानता निबन्ध)
Guide, complete notes and all execrise of Nepali Chapter 2 "santusti"
(कक्षा १० नेपाली किताबको पाठ एक जन्मभूमिको सबै अभ्यासहरू)
Other Lessons:
Santusti
(सन्तुष्टि)
Listening
(सुनाई)
Questions:
Answers:
१) पाठको पहिलो र दोस्रो श्लोक सुन्नुहोस् र कविको विचारसँग तपाईँको के-के कुरामा सहमति छ, भन्नुहोस् ।
Answer: पहिलो र दोस्रो हरफ:
खाने त एक पेटै हो त्यसैले टम्म हुन्छु म
लाउने एक जोरै हो त्यसैले गम्म हुन्छु म।१।
जमिन तिन आतैको सुत्तलाई प्रशस्त छ
घाम पानी सके ओत्न, झुपडी मग्नमस्त छ। २।
मानिसले एक पेट खाने हो र त्यसैमा टम्न हुने अनि एक जोर लाउन
पाउँदा गम्म हुने कविको विचारसँग मेरो सहमति छ । असन्तोषीहरू यी क्रामा
सन्तुष्ट नहुन् स्वाभाविक हो । म एक पेट खान र एक जोर लाउन पाए कवि जस्तै
सन्तुष्ट हुन सक्छु।खान पाए पेट अघाउँछ, एक जोर लाउन पाए शरीर न्यानो हुन्छ । तिन हात जमिन
भए मानिसलाई सुत्न पुग्छ, एउटा सानो झुपटी भए घाम पानी छेक्छ, भन्ने कविको
विचारमा म सहमत छु।
२) पाठको पाचौँ र छैटौँ श्लोक सुन्नुहोस् र कविमा कस्ता-कस्ता बानी छैनन्, भन्नुहोस् ।
Answer: हरफहरु:
समेटी घुस अन्याय चाहन्नँ म घनी हुन
आँखा छली परीक्षामा चाहन्नँ ड्लमी हुन । ३ ।
नखाई सञ्चिता गर्ने लोभीको चेन छैनरे !
खाएर नगरे काम अर्को पानी हुँदैन रे ! ।६।
कविमा घुस खानै र अन्याय गरी धनसम्पत्ति बटुली धनी हुने अनि आँखा छलेर परीक्षा
पास गरी इलमी हुने, नखाई धनसम्पत्ति सञ्चित गर्नै जस्ता बानी छैनन् ।
३) पाठका आठौँ, नवौँ र दसौँ श्लोकको श्रुति लेखन गर्नुहोस् ।
Answer: हरफहरु:
नआओस् आत्तिने दुःख मात्तिने धन सम्पत्ति
यतिले राम्ररी चल्छ सारा जीवनको गति । ८ ।
छन् आँखा दुइटा हाम्रा हेर्नुपर्छ दुवैतिर
कान छन् दुइटै हाम्रा सुन्नुपर्छ दुवैतिर । ९ ।
चिनोस् सुगन्ध दुर्गन्ध नाकका दुई प्वालले
जिञ्जो एकै क्रा खोलोस् मर्म जानेर ख्यालले । १० ।
पाठका आठौँ, नवौँ र दसौँ श्लोक शिक्षकले भनेको सुनेर विद्यार्थीले शुद्धसँग
लेख्ने । ।
Class 10 Nepali guide book
Speaking
(बोलाई)
Questions:
Answers:
४) तलका शब्दहरूको ठिक उच्चारण गर्नुहोस् र उदाहरणमा देखाए जस्तै गरी उच्चारण
लेख्नुहोस् ।
जस्तै : टम्म :/टम्. म. /. गम्म :/ गम्, म./
मग्न, विलास, मिजास, इलमी, सञ्चिता, लाञ्छना, सुगन्ध, मर्म, ख्याल, फगत
Answer: मग्न :/मग्, न.” बिलास :/ बि.लास्, /
मिजास :/ मि. जास्. ,' इलमी ;/ इ.ल.मि./
सञ्चिता : /सन्.चि.ता. ,' लाञ्छना :,' लान्, छ.ना./'
सुगन्ध :/ सु.गन्.ध. ,' मर्म :/ मर्.म.)”
ख्याल :/ ख्याल् फगत :/ फ.गत्,/'
५) तलका शब्दलाई वाक्यमा प्रयोग गरी भन्नुहोस् :
Answers:
मस्त, सीमा, लाञ्छना, सुगन्ध, दुर्गन्ध, जनार्दन, मोचन
मस्त - आज अनुषा त विद्यालयमा मस्ती गरिरहेकी छे।
सीमा - अनुष्काले आज आफ्नो बाबासँग सीमा नाघेर बोली ।
लाञ्छना - आफ्नो कूलमा लाञ्छना लाग्ने काम हामीले गर्नु हुँदैन ।
सुगन्ध - बगैँचाबाट मिठौ फूलको सुगन्ध हामी भएतिर आइरहेको छ ।
दुर्गन्ध - जहाँसुकै फोहोर फाल्नाले दुर्गन्ध फैलिन्छ ।
जनार्दन - आज हाम्रो घरमा जनार्दनको पूजा थियो ।
मोचन - पूजापाठ गरे दु:ख मोचन हुन्छ भन्ने विश्वास नेपाली समाजमा रहेको छ ।
६) कविताको १२ औँ र १३ औँ श्लोक वाचन गर्नुहोस् ।
Answer:
कक्षामा विद्यार्थीले पालैपालो कविताको १२ औँ र १३ औँ श्लोक वाचन गर्ने ।
७) तपाईँका आफ्ना इच्छा के छन् ! सर्वप्रथम बुँदा बनाउनुहोस् र कक्षामा प्रस्तुत गर्नुहोस।
Answer:आफ्नो ईछया बारे विद्यार्थीले बुँदा टिप्ने र पालैपालो कक्षामा प्रस्तुत गर्ने ।
(१) मिहिनेत गरी पढ्ने र ठुलो मान्छे हुने ।
(२) घरपरिवारमा मिलेर क । क
(३) समाजमा शान्ति सुव्यवस्था कायम गर्ने ।
(4) सुन्दर घर निर्माणका साथै परिबार र अस्तल सन्तान जन्माउने ।
५) नयाँ-नयाँ सिप र प्रविधिको गरी समाजलाई समृद्ध बनाउने ।
(६) - स्वावलम्बी बनी जीवन बिताउने ।
(७) दशाई, हानि नोक्सानी हुने कुनै प्रकारको काम नगर्ने र सबैको भलो
लाउने
Answer class 10 Nepali guide
Reading
(पढाई)
Questions Answers:
८) पाठको कविता पालैपालो गति, यति र लय हालेर वाचन गर्नुहोस् ।
Answer: पाठको कविता विद्यार्थीले पालैपालो गति, यति र लय बाचन गर्नै, वाचन गर्न
नजाने शिक्षकको सहयोग लिने ।
९) पाठ पढी तल सोधिएका प्रश्नहरूको मौखिक उत्तर दिनुहोस।
(क) धनी हुनका लागि गरिनै कुन काम कबिलाई मन पर्दैन ?
Answer: धनी हुनका लागि अरूलाई अन्याय गर्ने र घुस समेट्ने कार्य कविलाई मन पर्दैन ।
(ख) कस्तो मानिसलाई चैन हुँदैन ?
Answer: नखाई सञ्चिता गर्ने लोभी मानिसलाई चैन हुँदैन ।
(ग) के गर्ने मानिस पापी हो ?
Answer: अर्काको खाएर काम नगर्ने मानिस पापी हो।
(घ) कवि कसलाई डाँका भन्छन् ?
Answer: कवि अर्काको भाग खोस्नेलाई डाँका भन्छन् ।
(ङ) लाङ्छनाबाट बच्न के गर्नुपर्छ ?
Answer: लाञ्छनाबाट बच्न आफ्नो भर आफैँ पर्नुपर्छ ।।
(१०)
लेखक कस्तो चिन्तन बोकेका व्यक्ति हुन् भन्नै कुरा अनुमान गर्नुभयो, पाठका आधारमा लेख्नुहोस् ।
Answer: यस कविताको अध्ययनबाट लेखक एक असल र कर्तंव्यपरायण व्यक्ति हुन् भन्ने मैले
अनुमान गरेँ । उनी एक पेट खान र एक सरो लुगा जिउमा लगाउन पाएमा सन्तुष्ट
हुन्छन् । त्यस्तै सृत्नलाई तीन हात जमिन र ओत्नलाई एउटा झुपडी भए मस्त बाँच्न
पाएको अनुभूति गर्ने कवि स्वावलम्बी र जाँगरिलो जीवन जिउन चाहन्छन् । उनलाई
न त विलासी जीवन बिताउने रहर छ न त मादक पदार्थ सेवन गर्नै बानी नै । त्यस्तै
घुस खाने, अन्यायमा पारी धन थुपार्ने, आँखा छली परीक्षा उत्तीर्ण .गरेर इलमी बन्ने
चाहना पनि उनमा छैन ।
कवि साँच्चिकै छन् । उनी नखाई वा नलाई धनसम्पत्ति सञ्चित गर्न
चाहन्नन् न त उनी बनि छन् । कसैको बिनासिती खाएर पापी पनि उनलाई बन्नु
परेको छैन । अर्काको भाग खोस्ने, सुखमा मात्तिने र दुःखमा आत्तिने बानी पनि उनमा
छैन । आँखाले सही करा ठम्याउने, कानले सत्य कुरा सुन्नै र जिब्रोले सत्य बौल्ने
बानी कविलाई मन पछ । झगडा नगर्ने, जनताको भलो चाहने र उपकारमा समर्पित
हुने अनि जीवनलाई घन्य बनाउनु पर्छ, भनी वकालत गर्ने कवि आजको मानिसलाई
कसरी असल बनाउन सकिन्छ भन्नै चिन्तन बोकेका व्यक्तिका रूपमा देखापर्छन् ।
यहाँ कवि स्वयम् असल चिन्तकका रूपमा देखिन्छन् । सारा परिवार तथा समाजलाई
पनि असलै बाटो हिँडाउन चाहने व्यक्तिका रूपमा यस कवितामा उनी देखापर्छन् ।
Writing
(लेखाई)
11)कविताको ९ देखि १२ श्लोकबाट मुख्य-मुख्य बुँदा टिपी सार लेख्नुहोस् ।
(क) हाम्रा दुइटा आँखाले दुवैतिर हेर्नुपर्ने,
(ख) हाम्रा दुइटा कानले दुवैतिर सुन्नुपर्ने,
(ग) नाकका दुई प्वालले सुगन्ध र दुर्गन्ध छुट्याउनुपर्ने,
(घ) जिब्रोले मर्म जानेर एकै क्रा खोल्नुपर्ने ।
जीवन भौगाइका क्रममा हामीले सधैँ सचैत भएर पाइला चाल्नुपर्छ । हाम्रा दुइटा
आँखाले एकोहोरो नहेरी दुवैतिर ७ % १” हुन्छ । त्यस्तै हाम्रा दुइटा कानले राम्रा
नराम्रा दुवै कुरा सुन्नै बानी । नाकका दुइटा प्वालले सुगन्ध र दुर्गन्ध
छुट्याउनु पर्नै र जिब्रोले मर्म कुरा जानेर सत्य कुरा मात्र बोल्नुपर्ने कुरा उत्तम
मानिन्छ । हामीले जीवनमा यस्ता मार्मिक र सफलता प्रदान गर्ने कार्यको अनुशरण
गन्यौं भने कहिल्यै धोका खानु पर्दैन र हामीलाई सम्मानित जीवन जिउन पनि सजिलो
हुन्छ ।
12) तलका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :
(क) कवि के-कै कुरामा टम्म र गम्म हुन्छन् ?
Answer: आधुनिक नेपाली कविता साहित्यका परिष्कारवादी कवि भरतराज पन्त (वि.सं.
१९८६) द्वारा लेखिएको सन्तुष्टि" कवितामा कविले पेट भरी खाए टम्म र एक
सरो लगाउन पाए गम्म भइन्छ भनेको छन् । जति सुकै सम्पन्न र पैसा भए पनि
मानिसले एक पेट खाने र एक सरो लगाउने हो । तसर्थ कविले एक पेट खाएर
टम्म हन अनि एक सरो लगाएर गम्म हने करा गरेका छन ।
।
(ख) "सीमा विलासको छैन” भनाइको तात्पर्य के हो ?
Answer: आधुनिक नेपाली कविता साहित्यमा परिष्कारवादी कति भरतराज पन्त (वि.सं.
१९५६) द्वारा लेखिएको 'सन्तुष्टि' कवितामा “सीमा विलासको छैन” भन्नुको
तात्पर्य विलासी जीवन जति जिउँदा पनि मानिस सन्तुष्ट हुँदैन । सम्पतिले
मानिसलाई कहिल्यै पुग्दैन । आज भन्दा भोलि झन झन नयाँ प्रविधिको आविष्कार
भइरहको छ । आजको नयाँ प्रविधि भोलि पुरानो हुन्छ । त्यसैले विलास जीवनको
सीमा नै छैन भ्रनिएको हो ।
(ग) कस्तो बानी भएको मानिसलाई मिजासिलो भनिन्छ ?
Answer: असल मिजास भएको, बोलीचाली वा बानीबेहोरा राम्रो भएको मानिसलाई
मिजासिलो भनिन्छ । असल मानिसले आफ्ना साथीहरू वा इृष्टमित्रसँग
कहिल्यै नराम्रो व्यवहार गर्दैन । वचन बिझ्ने बोली बोल्दैन । आफ्ना कुरा
खुलस्त र स्पष्टसँग राख्छ र सबैसँग मित्रवत् व्यबहार गर्छ । यस्तो खुलस्त
मानिसका मनमा पापको लेस मात्र पनि हुन्न । यसले गर्दा उसले जीवनमा
कहिल्यै पछ्नुताउनु पर्दैन । पछुताउनु पर्ने अवस्था खराब आचरणका कारण
आउने गर्छ । त्यस्तो अवस्था मिजासिलो व्यक्तिका जीवनमा कहिल्यै आउँदैन ।
अत: असल, स्पष्ट वक्ता र सबैसँग खुलस्त भएर व्यवहार गर्ने मानिसलाई सधै खुसी र सन्तुस्ट हुन्छन।
(घ) दुवैतिर हेर्नुपर्छ' भन्नुको आशय के हो?
Answer:प्रायः मानिस एकोहोरो सोचाइका हुन्छन् । आफ्नो ब्रहमले जे देख्यो त्यसलाई
सत्य ठानेर अघि बढ्ने बानी बेहोरा मानिसको हुन्छ । यस्तो एकोहोरो
प्रवुत्तिले मानिसको जीवन सफल हुन सक्दैन । दायाँ बायाँ हेर्ने वा असल
खराब छुदयाउने र अघि बढ्नै बानीले मात्र मानिस लक्ष्यमा पुरन सक्छ ।
आफ्नै मात्र क्रा सही हो र अरूको क्रा केही होइन भन्नु गलत हो । जीवन
गतिका क्रममा दुवै आँखाले नियालेर सत्य तथ्य पत्ता लगाई पाइला चाल्नु नै
उत्तम हुन्छ भन्नु दुवैतिर हेर्नुपर्छ भन्नुको आशय हो ।
(ङ) नाक, जिब्रो, हात र पाउका काम के-के हुन् ?
Answer: आधुनिक नेपाली कविता साहित्यका परिष्कारवादी कवि भरतराज पन्त (वि.सं.
१९८६) द्वारा लेखिएको सन्तुष्टि" कवितामा
प्रकृतिले हाम्रा इन्द्रियलाई फरक-फरक कामका लागि निर्धारित गरिदिएको
छ । यिनले तोकिएअनुसार काम सम्पादन गर्छन् । नाकले सुगन्ध र दुर्गन्ध
चिन्ने काम गर्छ भने जिब्रोले मर्म बुझेर ख्याल गरी एकै क्रा बोल्छ र बोल्नु
उत्तम मानिन्छ । त्यस्तै हात र पाउले सही क्रा पत्ता लगाई काम गर्ने हो ।
जथाभावी हात खुट्टाले काम गरेमा त्यसको प्रतिफल राम्रो हुन्न । अत:
नाकले सुगन्ध र दुर्गन्ध, जिब्राले ख्याल गरी एकै क्रा बोल्ने र हात तथा
पाउले ठिक कुरा पत्ता लगाई काम गर्नु नै यी अङ्गका मुख्य काम हुन् ।
class 10 Nepali guide, solutions Chapter 2
Questions:
Answers:
13) सन्तुष्ट हुन के-के गर्नुपर्दो रहेछ ? कविताका आधारमा लेख्नुहोस् ।
Answer: आधुनिक नेपाली कविता साहित्यमा परिष्कारवादी कति भरतराज पन्त (वि.सं. १९५६)
द्वारा लेखिएको 'सन्तुष्टि' कवितामा कविले सामान्य खाना, एक सरो लगाउन, र एउटा
वास वस्न पाए सन्तुष्ट हुन सकिन्छ भनेका छन् ।
मानिसले स्वावलम्बी बनी जाँगर गरे अरूको आश गर्नु पर्दैन । इमान्दारपूर्वक आफ्नो
कार्य गरी अरूलाई दु:ख नदिई रचनात्मक कार्य गर्न सके मानिसलाई सन्तुष्टि मिल्छ ।
14) व्याख्या गर्नुहोस् :
(क)नआओस् आत्तिने दु:ख मात्तिने घन सम्पत्ति
यतिले राम्ररी चल्छ सारा जीवनको गति ।
Answer:
शक प्रस्तुत पद्यांश कक्षा १० को नेपाली विषय अन्तर्गत पर्ने 'सन्तृष्टि' कविताबाट
साभार गरिएको हो । यस कविताका कवि. भरतराज पन्त हुन् । उनको जन्म
वि.सं. १९५६ सालमा भएको थियो । आधुनिक कलामा परिष्कारवादी धारामा
अडिएर कविता लेख्ने पन्तले यस कवितामा सन्तुष्ट हुन मानिसले के गर्नु पर्छ
भन्ने कुरालाई उदाहरण सहित प्रस्तुत गरेका छन् ।
मानिसले जीवनमा धेरै प्रकारका दु:ख सुख भोगेको हुन्छन् । दु:खमा मानिस आत्तिनु
हँदैन । सुखमा मानिस मात्तिनु हुँदैन । मानिसलाई सङ्कट आइलाग्यो भने निराश
बन्छ तर हामी त्यस्तो अवस्थामा संयम भई काम गर्नु पर्छ । धन सम्पत्ति बढी
भयो भने मासिन मात्तिन्छ । यदि मानिस दुःखमा नआत्तिने र सुखमा नमात्तिने
हो भने जीवन सहज रूपमा चल्छ भन्ने आशयलाई प्रस्तत कवितांशमा व्यक्त
गरिएको छ।
सरल भाषा, पद्यशैली, अनुष्टुप छन्द र दुःखमा नआत्तिने अनि सुखमा नमात्तिने
हो भने जीवन सहज हुन्छ भन्ने भावका कारण माथिको अंश उत्कृष्ट बनेको छ।
(ख)पृषिवी तल नै स्वर्ग जनता नै जनार्दन
उपकार सदा पूजा फल हो दु:ख मोचन ।
Answer:प्रस्तुत पद्यांश कक्षा १० को नेपाली विषय अन्तर्गत पर्ने 'सन्तुष्टि' कविताबाट साभार गरिएकी हो । यस
कविताका कबि भरतराज पन्त (वि.सं. १९५६) हुन् ।
आधुनिक नेपाली साहित्यमा परिष्कारवादी कविका रूपमा चिनिएका पन्तले यस
कवितामा मानिस कसरी सन्तुष्ट हुन सक्छ भन्ने विषयलाई उठाएका छन् ।
पृथ्वी सुन्दर र हराभरा छ। सारा संसार सुन्दर छ। यही पृथ्वीमा मानव जन्मन्छ,
यही उसले पृथ्वीलाई सिँगार्छ र यही ङ मर्छ । मानिसका लागि यही पृथ्वी नै
स्वर्ग हो । यहाँका जनता नै ईश्वर हुन् । अरूको परोपरका नै सन्तुष्टिको ठूलो
बाटो हो । उपकारी व्यक्ति सदा पूजा गर्न लायक हुन्छ । दु:खमोचन गर्ने सवैभन्दा
ठूलो कुरा आत्मसन्तुष्टि हो । आरूको खुसीमा नै मानिस रमाउन सक्यो भने त्यो
मानिस दुःखबाट मुक्त हुन्छ भन्ने भावलाई माथिको अंशले व्यक्त पर्न खोजेको छ ।
सरल,भाषा, पद्यशैली, अनुष्टुप छन्द र पृथ्वी नै स्वर्ग हो जनता नै ईश्वर हुन्,
उपकारी व्यक्ति सदा पुजिन्छन् र दुःखमोचनको मार्ग भनेको परोपकार ही भन्ने
आशयका कारण माथिको अंश उत्कष्ट बनेको छ ।
15) "लैङ्गिक समानता" शीर्षकमा एउटा अनुच्छेद रचना गर्नुहोस् ।
Answer: लैङ्गिक समानता
सामाजिक, आर्थिक, राजनीतिक, साहित्यिक, शैक्षिक प्रशासनिक, आदि क्षेत्रमा महिला
र पुरुष दुवैको संमान पहुँच हुनु लैडगिक समानता हो । महिला र पुरूषको समान
सहभागितामा नै समाजले नयाँ अनुहार फेर्न सक्छ । सामाजमा नारी शिक्षित भइन भने
समाज उदाहरणीय बन्छ । समाजमा रहको महिलाप्रतिको गलत दृष्टिकोणलाई हटाएर
महिलालाई सामाजिक क्रियाकलापमा सहभागिता गराउने हो भने समाज प्रगति पथमा
अगाडि बढ्दछ । तसर्थ समाजका विकास निर्माण र अन्य आर्थिक, शैक्षिक, सांस्कृतिक
क्षेत्रमा विना अवरोध सहभागी गराई उचित वातावरण दिन सक्ने हो भने समाज र
राष्ट्र प्रगतिको दिसातर्फ उक्लिन्छ ।
exercise of Nepali class 10 book
16) “मेरा सपनाहरू' भन्ने शीर्षकमा सर्वप्रथम बुँदाहरू टिपोट गर्नुहोस् । ती बुँदालाई निबन्धका रूपमा लेख्नुहोस् ।
बुँदाहरू:
Answer: (क) मेरा सपना थुप्रै रहेका र तिनले नेपालको रमणीय सुदूर भविष्यको चित्र कोरेका ।
(ख) मेरा सपनामा नेपालमा विकासको राजनीति प्रमुख रूपमा हने ।
(ग) मेरा सपनाले नेपालमा शिक्षाको ज्यौति फैलाउने रहेको ।
(घ) मेरा सपनाले भविष्यमा वीर वीराङ्गानालै जन्म लिनै ।
(ङ) मेरा सपनामा भविष्यमा श्रम सम्मान हुने, प्रशासन र राज्यव्यवस्था चुस्तदुरुस्त हुने ।
(च) मेरा सपनामा नैपाल भविष्यमा आत्मनिर्भर हुने ।
हरेक मानिसका आ-आफ्नै प्रकारका सपना हुन्छन् । मेरा पनि आफ्नै प्रकारका सपनाहरू छन् । मेरा सपनाहरूले नेपालको सुदूर भविष्यको रमणीय र सुन्दर तथा समृद्ध चित्र कोर्ने काम गरेका छन् । मेरा सपनाहरू साकार भएका खण्डमा नेपालको सुदूर भविष्य सुन्दर, शान्त र समृद्ध बन्ने कुरामा कसैको दुई मत रहन्न ।
देशको राजनीतिले हरेक कुरालाई प्रभावित पार्ने गर्छु । अत: मेरो सपनाको नेपालमा विकासका लागि राजनीति हुनेछ । राजनीतिक विसङ्गति र विकृतिहरूलाई डाँडो कटाइनेछ । गणतन्त्र बाँदरका हातमा नरिवल जस्ती हुन दिइनै छैन । जनताको आस्था र बिश्वास जितेर निर्वाचित प्रतिनिधिहरू व्यक्तिगत चिन्तन अनि सोचको गर्तबाट माथि उठेर स्वच्छ राजनीति र राष्ट्रिय विकासका अभियानमा लाग्ने छन् । असल कामको सम्मान र खराब कामका लागि कडा सजायको व्यवस्था हुनेछ । त्यसैले मेरा सपनाको नेपालमा एउटा स्वच्छ, पवित्र एवम् राष्ट्रिय हितका लागि विकासको राजनीति हुनेछ ।
भ्रविष्यमा गएर नेपालले अशिक्षा र अज्ञानताको कहिरोमा रुमल्लिन् नपर्ने मेरा सपनाहरू छन् । अधिकांश नेपालीहरूका घर आँगनमा चेतनाको मिमिरि झुल्किनेछ र सर्वच ज्ञानको ज्योति चम्किनेछ । प्राबिधिक शिक्षाको आर्जनबाट राष्ट्रनिर्माणमा प्रशस्त टेवा पुग्ने बातावरण सिर्जना गरिनेछ । थोत्रा प्रमाणपत्रहरू बोकी रोजगारीको भिक्षा माग्नै वातावरणको अन्त्य गरिनेछ ।
आज मेरो देशले आफ्नै साख गुमाउँदै गएको छ । राष्ट्रियतामाथि पराइले धावा बोल्दा चुँ बोल्न नसक्ने वातावरणमा हामीहरू बाँच्न बाध्य भएका छौँ । मेरा सपनाको भविष्यमा वीर बीराङ्गानाले जन्म लिनेछन् र देशको साख जोगाउनेछन् ।
आज नेपालमा अनेक विभेद छन् । लैङ्गिक, बर्गीय, जातीय, क्षेत्रीय तथा भाषिक विभेदले मेरी देश आक्रान्त बनेको छ । मेरा सपनामा यी तमाम विभेदको अन्त्य हुनेछ र श्रमको सम्मान गर्ने परिपाटी विकसित हुनेछ । त्यस्तै राज्यको प्रशासन र व्यवस्था चुस्त, दुरुस्त हुनुका साथै जनताले न्याय पाएको अनुभूति गर्न पाउने छन् ।
भेरा सपनाहरू नेपालको भविष्यसँग जोडिएका छन् । सपना भन्नेबित्तिकै तिनमा काल्पनिकताको गन्ध आउने भए पनि तिनलाई साकार पार्न आफू मात्र होइन सारा नेपालीलाई परिचालित गर्नेछु र मेरा सपनाहरू साकार भई नेपाल साँच्चिकै सुन्दर, शान्त र समृद्ध बनेरै छाड्ने कुरामा म विश्वस्त छु ।
(17) पाठबाट दीर्घ ईकार लागेका शब्दहरू टिप्नुहोस् ।
Answer: पाठमा प्रयोग भएका दीर्घ ईकार लागेका शब्दहरू : पानी, झुपडी, स्वावलम्वी, सीता, समेटी, धनी, छली, परीक्षा, इलमी, नरखाई, लोभी, पापी, राम्ररी, जीवन, दुई, यी, पृथिवी ।
Nepali guide of class 10 nepali book
Nepali Grammar
(व्याकरण)
Questions:
Answers:
१. तल बत ट बनेका विभिन्न काल र पक्षका वाक्यहरू दिइएको छ ३ त्यसरी नै
तपाईं पनि 'लेख्' 'बोल्' र 'सुन्' घातुबाट तीनओटै कालका सबै पक्षका वाक्यहरू
बनाउनुहोस् :
- सहरमानले पढे । (सामान्य सहरमान पढ्दै थिए । (अपूर्ण भूत)
सहरमानले पढेका थिए । भूत) । सहरमान पढ्थे । (अभ्यस्त भूत)
सहरमानले पहेछन् । (अज्ञात भूत)
- सहरमान पढ्छन् । (सामान्य वर्तमान) सहरमान चढ्दै छन् । (अपूर्ण
वर्तमान) सहरमानले पढेका छन् । (पूर्ण वर्तमान)
- सहरमान पढ्नै छन् । (सामान्य भविष्यत्) सहरमान पढ्दै हुने छन् । (अपूर्ण
भ्वविष्यत्) सहरमानले पढेका हुने छन् । (पूर्ण भविष्यत्)
Answer: 1) लेख्- बुद्धिमानले लेखे । (सामान्य भूत) बुद्धिमान लेख्दै थिए । (अपूर्ण भूत) भूत)
बुद्धिमानले लेखेका थिए । (पूर्ण भूत) बुद्धिमान लेख्थे । अभ्यस्त भूत)
" बुद्धिमानले लेखेछन् । (अज्ञात भूत)
बुद्धिमान लेख्छन् । (सामान्य वर्तमान) बुद्धिमान लेख्दै छन् । (अपूर्ण वर्तमान)
बढ्विमानले लेखेका छन् । ।पूर्ण वर्तमान)
बुद्धिमान लेख्ने छन् । (सामान्य भंविष्यत्) बुद्धिमान लेख्दै हुने छन् । [अपूर्ण
भविष्यत्) बुद्धिमानले लेखेका हुने छन् । (पूर्ण भविष्यत्)
2)बोल् - दिनेश बोले । ।सामान्य भूत) दिनेश बोल्दै थिए । (अपूर्ण भूत)
दिनेशले बोलेका थिए । (पूर्ण भूत) दिनेश बोल्थे । (अभ्यस्त भूत) दिनेशले
बोले छन् । (अज्ञात भूत)
दिनेश बोल्छन् । (सामान्य वर्तमान) दिनेश बोल्दै छन् । (अपूर्ण वर्तमान)
दिनेशले बोलेका छन् । पूर्ण वर्तमान)
दिनेश बोल्ने छन् । (सामान्य भविष्यत्) दिनेश बोल्दै हुने छन् । (अपूर्ण
भविष्यत्) दिनेशले बोलेका हुनै छन् । (पूर्ण भविष्यत्)
3)सुन् - सीताले समाचार सुनिन् । (सामान्य भूत) सीतालै समाचार सुन्दै
थिइन् । (अपूर्ण भूत) सीताले समाचार सुनेकी थिइन् । (पूर्ण भूत)
सीता समाचार सुन्थिन् (अभ्यास्त भूत) सीताले समाचार सुनिछलिन् । (अज्ञात
भूत) सीता समाचार सुन्छिन् । (सामान्य वर्तमान) सीता समाचार सुन्दै
छिन् । (अपूर्ण वर्तमान) सीताले समाचार सुनेकी छन् । (पूर्ण वर्तमान)
सीता समाचार सुन्ने छिन् । (सामान्य भविष्यत्) सीता समाचार सुन्दै हुने
छिन् । (अपूर्ण भविष्यत्) सीताले समाचार सुनेकी हुने छिन् । (पूर्ण अविष्यत्)
2) तल 'बस्' धातुबाट बनेका विभिन्न लिङ्ग, वचन, पुरुष र आदरैंका वाक्यहरू दिइएको
छ । त्यसरी सरी नै 'गर्' 'हद्' र 'साद्' धातुबाट वाक्यहरू बनाउनुहोस् :
Answer: गर् - भरत काम गर्छन् । ।पुलिङ्ग) सुमित्रा काम गर्छिन् । (स्त्रीलिङ्ग)
भीष्म काम गर्छन् । शैलजा काम गर्छिन् । (एकवचन)
उषा र निर्मला काम गर्छन् । (बहवचन)
मकाम गर्छु । हामी काम गर्छौँ । (प्रथम पुरुष)
तिमी काम गर्छौ । तँ काम गर्छस् । तपाइँ काम गर्नुहुन्छ । (द्वितीय पुरुष)
क काम गर्छ । क काम गर्छे । उनीहरू काम गर्छन् । (तृतीय पुरुष)
तँ काम गर्छस् । (अनादरवाची) तिमी काम गर्छौं । (सामान्य आदरार्थी)
तपाईँ काम गर्नुहुन्छ । (उच्च आदरार्धी)
Questions:
Answers:
3) कोष्ठकमा दिएका धातु र सङ्केतका आधारमा वाग्य पुरा गर्नुहोस् :
Answer: (क) जगत् घर गए । (सामान्य भूत)
(क)जगत् घर जान्छन् । ।सामान्य बर्तमान)
(क)जगत् घर जाने छन् । (सामान्य भविष्यत्)
(ख) रीता भात खाँदै थिइन् । (अपूर्ण भूत)
(ख)रीता भात खाँदै छिन् । अपूर्ण वर्तमान)
(ख)रीता भात खाँदै हुने छिन् । (अपूर्ण भविष्यत्)
(ग) घनश्यामले पाठ पढेका थिए । (पूर्ण भूत)
(ग)घनश्यामले पाठ पढेका छन् । (पूर्ण वर्तमान)
(ग)घनश्यामले पाठ पढेका हने छन् । (पूर्ण भविष्यत्)
(घ) सलीना गीत गाउँथिन् । (अभ्यस्त भूत)
(ङ) सुलोचना कति बेला आइछन् ? (अज्ञात भूत)
4) खा, गर्, सुन्, हेर्, देख, जा, बस्, कराउ, आउ जस्ता धातुको प्रयोग गरी कतै घुम्न
जाँदाको वर्णन गर्नुहोस् ।
Answer: ऐतिहासिक तथा धार्मिक स्थल लुम्बिनीको औौक्षिक भ्रमणमा निस्कनु अघि आमालै
तयार पारिदिनु भएको नास्ता खाएँ । यात्रामा आवश्यक पर्ने सामान ठिकठाक गरेँ ।
घरनजिकै आएर हाम्रो विद्यालयको गाडीले दिएको आवाज सुनेँ । हत्तपत्त बसमा चढेर
सबै साथीहरूलाई हेरेँ । यात्रामा गुरुगुरुआमा र मेरा कक्षाका सबै साथीलाई
रमाइरहेको देखेँ । हाम्रो बस काठमाडौंबाट कतै नरोकिई नारायणगढ पुग्यो । एकरात
हामी त्यहीं बस्यौं । बिहान उज्यालो नहुँदै बस डाइभरले छिटो तयार हुन सबैलाई
कराए । लुम्बिनीको एकदिने भ्रमण सकी हामी दुई दिनमै घर आयौँ ।
5) तलको अनुच्छेदमा प्रयोग भ्रएका लेख्य चिहन उत्तरपुस्तिकामा सार्नुहोस् र.यहाँ प्रयोग
भएबाहेक अरू लेख्य चिहनहरू कुन-कुन हुन्, छलफल गर्नुहोस् :
नेपालमा चाङपर्वारू पानि कति हो कति । नयाँ बविशि हेर्दै जाँदा बृद्ध जयन्ती
उँग्रौली साकेला; जनै परगिया लाखे जाष्ा गाईजात्रा तिज, बत तिहार घठ उँभौली,
ड्ह ल्होसार कितसता माघी )७/ 1 आवि तरयौँ चाडपर्वको सूची बन्ध्ध । जुनत्कै
ज्ञातिका चाड पर्व हुन् हामी नेपालीहरू रमाउँछौं आफ्नमा गुभ कामता
बाँड्छौँ । चाडपर्वहरूमा मात्र हो र ? काममा श्रममा पनि हामी उत्तिकै रमाउँछौँ
क हुन्छा । लेकबेपी गर्बा होत घास बाउर गर्दा होस् अयवा अरूको मेलापातमा
उत्तिकै रमाउँछौँ । थान रोप्वा होस् कोबो रोप्दा होत, धान कोदो गोड्बा
होस् अयवा जुनतुकै बाली भित्र्याउँदा होस्, हामी रमाइरहेका हुन्छौँ । जुनेली रातमा केँबीबाट पराल बौक्वा र कोदाको वरुवा काट्दाका रमाइला क्षणको वर्णव गरी साध्य
छैन । पालैपालो केहिले कसको कहिले कसको श्वान; पराल; दाउरा आदि बोक्दा क्या
आनन्द हुन्छ । गीत गाउँदै ख्याल ठट्टा गर्दै जिस्किदै आनि कया र कित्माहरू
बुनाउँदै हा्दै र हँबाउँदै काम गर्वा बाच्बै टमाइलो हुन्छ । यतरी कान गर्दा पनि
यस्तो आनन्द लिन सक्ने नेपालीबाहीक अरू को होलान् र?
Answer: 1) उद्गार चिहन ।,) अल्पविराम ॥) पूर्ण बिराम) ।;) अर्घविराम ।?) प्रश्न वाचक
यस गद्यांशमा प्रयोग गरिएका बाहेक निम्नलिखित चिहनरू प्रयोग गरिन्छन् :
१) सापेक्ष विराम (:), (ख) निर्देशक ।:-/-) (३) कोष्ठक ॥) ४) योजक (-) (५)
उद्दरण ।' ' शब्द विशेष वा कुनै कुरालाई जोड दिँदा) ।“ "कसैको भनाइ जस्ताको
तस्तै उद्हरण, गर्दा ) (६) तिर्यक (/) (७) विसर्ग [:) यी चिहनरूका बारेमा कक्षामा
छलफल गरी स्पष्ट हुने ।
6) कविताबाट शब्दको सुरुमा हृस्व डकार हुने शब्दहरू टिप्नुहोस् :
Answer: तिन, विलास, गिलास, मित्रता, मिजास, इलमी, तिर, चिनौस्, जिञ्रो, निस्कोस्, सिर्जना,
भित्र
सिर्जनात्मक अभ्यास
1) पाठमा दिइएको कविताका ढाँचा (अनुष्टुप छन्द) मा आफूलाई मन पर्ने विषयमा पाँच
डलोकको कविता लेख्नुहोस् ।
Answer: युद्ध
बलिरहे बम् वडा छ धूमको घटा कडा,
हटेर बीर छन् खडा, प्रचण्ड पुद्ध । गड्गडा ॥
बढीरहेछ झोक्किँदै विमान ट्याङक जताततै,
गडड् गडड गर्जदै विपक्षमाथि बजँदै ॥
बिएर धम्कि दैडँदै विपक्ष मक्षिकाकन,
सजीव काल माक्रो जहाज गर्छ तर्जन ।
जताततै छ तोपको कुहास, रास कोपको
अवश्य हो कि कालको कराल खेल खाल यो॥
Class 10 Nepali guide book notes lesson
2) लैङ्गिक भूमिका र समताका बारेमा तीन अनुच्छेद लेख्नुहोस् ।
Answer: लिङ्गका आधारमा राज्यका हरेक स्थानमा समान अधिकार हुनु लैङ्गिक समता हो।
राज्यले महिला र प्रुषका नाममा कुनै प्रकारको विभेद नगर्ने नीति नै लैङ्गिक समता
हो । घर, परिवार, समाज र राज्यका हरेक स्थानमा महिला र पुरुषको समान भूमक
भएमा राज्यले चाँडै काँचुली फेर्छ ।
राज्य सञ्चालन प्रक्रियालाई लैङ्गिक समतामूलक बनाउन महिला सहभागिता अनिवार्य
हुन्छ । आधा भन्दा बढी जनसङ्ख्या हँदा पनि राज्य सञ्चालनमा महिलाको सहभागिता
क्कम छ । मुलुकले यतिबेला आशा गरेअनुसार प्रगति गर्न नसक्नुको मुख्य कारण पति
महिलालाई पुरुष सरहको भूमिका नदिनु हो । राज्य सञ्चालनका सबै तहमा हने
राजनीतिक निर्णयमा महिलालाई अनिवार्य रूपमा सहभागी नगराएसम्म राज्यले राम्रो
गति लिन सक्दैन ।
लैङ्गिक विशेषण पदले नारी र पुरुष सम्बन्धी भन्नै अर्थ बा भने 'भूमिका' नाम
पदले नारी नो गरेको वा गर्न सक्ने कार्य भन्ने । नारी र पुरुषलाई
जन्मँदाखेरि प्रकतिले नै भिन्न किसिमका अपरिवर्तननीय जैविक विशेषताहरू प्रदान
गरेको हुन्छ । प्रकृतिले नै नारी र पुरुषको रूपमा वर्गीकृत गरी मान्छेलाई जन्म दिने
गर्छ । प्रकृतिप्रदत्त जैविक भिन्नताकै आधारमा व्यवहारहरू सञ्चालित हुने गर्दछन् ।
प्रकृतिले प्रदान गरेको जैविक विभेदलाई परिवर्तन गर्न सकिन्न तर समाजमा
जन्मिसकेपछि नारी र पुरुषका बिचमा समाजले नै हा भूमिका प्रदान गर्दछ,
त्यसैमा लैङ्गिक भेद देखिन्छ । त्यसैले लैङ्गिक भेद सिर्जना गर्ने काम समाजले गरेको
हन्छ ।
लैङ्गिक भेदले समाजमा नराम्रो असर पारेको छ । त्यसैले लैङ्गिक समानताका
नाराहरू आज चर्को रूपमा उद्न थालेका छन् । लैङ्गिक समानता भए मात्र परिवार,
समाज र राष्ट्रको समुन्नति हुन सक्ने कुरामा जोड दिन थालिएको छ । वास्तवमा
लैङ्गिक समानतासँगै लैङ्गिक समता हुनु पनि त्यत्तिकै वाञ्छनीय देखिन्छ । कानुन,
संविधान र नीति-नियमहरूमा तथा तिनका धारा र दफाहरूमा नारी र पुरुषका
असमान व्यवहार नगर्ने भनी उल्लेख हुनु लैङ्गिक समानता हो भने नैसर्गिक,
भावनात्मक र व्यावसायिक रूपले नारी र पुरुषका विच न्याय, निष्पक्षता वा उचित
व्यवहार देखाउनु लैङ्गिक समानता हो । ऐन, कानुनमा उल्लेख भए पनि त्यसलाई
भावनात्मक र व्यावसायिक रूपले व्यवहारमा नउतारुन्जेल लैङ्गिक समताको कल्पना
गर्न सकिन्न ।
लैङ्गिक समानताका माध्यमबाटे नारी जातिप्रति गरिने भैदभाव समाप्त हुन
सक्छ । नेपालकै सन्दर्भमा भन्दा नारी र पुरुषबिच भेदभाव देखाउने ऐन, कानुन
यद्यापि छँदै छन् । पैतृक सम्पत्तिमा छोरासरह छोरीलाई अधिकार प्रदान गरिएको
छैन । सामाजिक व्यवहारमा पनि छौराछौरीका बिच गरिने भेद स्पष्टै देख्न सकिन्छ ।
अत: लैङ्गिक समानता नभएसम्म नारीले भेदभावको सिकार बन्नुपर्ने हुन्छ । लैङ्गिक
समानताका लागि सर्वप्रथम नारीहरूलाई अबला, अदना र कमजोर ठान्ने मनोवैज्ञानिक
त्रुटिलाई सच्याउनुपर्छ । शिक्षाको अवसर समान हनुपर्छ । समाजमा लैँङ्िक विभेदको
औचित्यबारै चेतना जगाउने, आयआर्जनका अवसरहरू प्रदान गर्ने, घर परिवारमा
लैङ्गिक मैत्री वातावरण कायम गर्ने जस्ता कर्महरू गर्न सके र तदनुरूपको आचरण
तथा व्यवहारमा रूपान्तरित गरेमा लैङ्गिक समता समाजमा कायम हुन सक्ने क्रामा
द्विविधा रहन्न ।
तसर्थ राज्यका हरेक प्रक्रियामा लैडूगिक समान सहभागी हुनु नागरिकको अधिकार मात्र
होइन कर्तव्य पनि हो । लोकतन्त्रको मुटु नै नागरिकको सक्रिय सहभागिता हो । तसर्थ
राज्यका हरेक क्रियाकलाप तथा कार्यहरूमा समान लैङ्गिक भूमिका हुन जरुरी छ।
Table of Contents
- 1 Nepali Guide with all notes and answers of class 10 2078(SEE)
- 1.1 Chapter 2: Santusti(जन्मभूम)
- 1.1.1 Notes of Listening (सुनाईका अभ्यासहरू)
- 1.1.2 Answers of Exercise From 1-3
- 1.1.3 Answers of Exercise From 4-12
- 1.1.4 Short Question's Answers
- 1.2 Nepali Guide of Writing (लेखाईका अभ्यासहरू)
- 1.2.1 Answers of Exercise From 13-17
- 1.2.2 Question's Answers(सप्रसङ्ग उत्तर)
- 1.2.3 Long Question's Answers(व्यख्या गर उत्तर)
- 1.2.4 Gender Equality(लैङ्गिक समानता उत्तर)
- 1.2.5 Mero Sapana(मेरो सपना हरु उत्तर)
- 1.3 Grammar/Vyakaran exercise(व्याकरणका अभ्यासहरू)
- 1.3.1 Answers of Exercise From 1-2
- 1.3.2 Answers of Exercise From 3-6
- 1.4 Others(बाकी अभ्यासहरू)
- 1.4.1 Kabita/Poem(कविता)
- 1.4.2 Essay Writing on Gender role and equality लैंगिक भूमिका र समानता निबन्ध)
The End
Class 10 Nepali guide book notes lesson 2 Santusti all answers
Other Lessons:
Important Notice
Other Lessons:
Important Notice
If this post helped you, you can also help others and us by sending us your essays and poems. So like that more people can get help and you
also get credits in the bottom of the post.
You can contact us by these following ways-
Facebook - https://www.facebook.com/essayinnepali
Email - prashnnanewar21@gmail.com
or click here
2 Comments
Thanks for such a great effort. Keep it up.
ReplyDeleteGreat effort.
ReplyDelete