Mero Desh Mero Gaurav\ Mero Desh Mero Swarga\ Mero Desh Mero Karma Bhumi - मेरो देश मेरो गौरव/स्वर्ग
Today I'm going to share Mero Desh(Nepal) Mero Gaurav/Swarga/Karma Bhumi Essay(Nibandh) in Nepali Language in Nepali language - मेरो देश मेरो गौरव/स्वर्गध
Table of Contents
Mero DEsh Mero Gaurav /Swarga /Karma Bhumi
(मेरो देश मेरो गौरव/स्वर्ग)
Introduction: Mero Desh Mero Gaurav
मान्छेले आफ्ना मातापितासरह कसैलाई माया गर्छ भने त्यो हो-जन्मभूमि । यसअनुसार म आफ्नो जन्मभूमिलाई मातृभूमि मात्र होइन, आफ्नो गौरव पनि मान्छु, किनभने म यस माटोमा जन्मेँ । यस माटोमा हुर्के।
मान्छेले आफ्ना मातापितासरह कसैलाई माया गर्छ भने त्यो हो-जन्मभूमि । यसअनुसार म आफ्नो जन्मभूमिलाई मातृभूमि मात्र होइन, आफ्नो गौरव पनि मान्छु, किनभने म यस माटोमा जन्मेँ । यस माटोमा हुकैँ । हुन त कतिपय खराव तत्त्वको प्रवेशले गर्दा यस भूमिलाई गाली गर्नेहरू पनि छन् । जहाँ आफू जन्मियो, त्यहाँको भएर देशलाई सराप्नेहरू, देश बिगार्नेहरू विभिन्न लोलोपोतो देखाएर हिँड्ने गरेका छन् । भ्रप्टताले गाँजेको यस समयमा यदि कसैले देशप्रेम र जन्मभूमिप्रतिको कर्तव्य वोल्छ, त्यो कि त पागल हुन्छ, कित मूर्ख भन्ने नकारात्मक पक्ष पनि उत्तिकै प्रवल रूपमा देखा परेको छ । त्यस सन्दर्भमा आफ्नो क्रा गर्दा मलाई कतै ग्लानि हुँदैन । मलाई गौरव लाग्छ । म आफ्नो जन्मभूमिप्रति सचेत र इमानदार छु । भन्नेले जे भने पनि हुन्छ, तर म आफ्नो गौरव, आफ्नो अभिभावक आफ्नो जन्मभूमिलाई मान्दछु । भनिन्छ नि, जन्मेको क्रण जसले माग्छ, त्यो निर्चिनी हो । असलमा देशप्रतिको इमानदार व्यक्ति होइन । पसैले मलाई गर्व छ । म यस देशमा जन्मेँ, जहाँ सगरमाथा छ। लुम्बिनी छ । पशुपतिनाथ छ । हरियाली छ । राराताल छ। पुर्खौपुर्खाले आर्जेको पस हिमवत् खण्डलाई यदि कोही गाली गर्छ भने त्यो ढाँगी हो । पाखण्डी हो । भ्रप्ट हो । खराव हो ।
मैले आफूले सङ्कल्प गरेको पनि यही हो । हुन त कतिपय विद्वानले पनि यही सङ्कल्प गरेका छन्-यही देशमा यदि पुनर्जन्म भइयो भने हुन पार । यो भावना हो । संवेदना हो । मान्छे भावनाले पनि वाँच्छ । मान्छे संवेदनाले पनि बाँच्छ । त्यही भावनामा म छु । त्यही संवेदनामा म छु । पही भावना र संवेदनालाई मुटुभित्र राखेर सङ्कल्प गरेको छु । म जहाँ जन्मेको छु र जन्मेर हुर्केको छु, त्यो मेरी आमाको काख हो । माया हो । ममता हो । म आफ्नी आमाको मायाममतालाई बिर्सेर यसको विरूद्ध कहाँ जान सक्छु र ? यसैले मेरो जन्मभूमि मेरो गौरव हो । जहाँ म जन्मेँ । जहाँ म हुर्के । जहाँ म आफ्नो जीवन वाँच्न सक्षम व्यक्ति भएँ । जहाँ मेरो भावना वसेको छ, त्यो मेरो जन्मभूमि हो । त्यो मेरो राष्ट्र हो । संसारको जुनसुकै मुलुकमा पुगूँ, आफ्नी मातालाई जसरी विर्सन सकिन्न, त्यसरी आफ्नो जन्मभूमिलाई कसरी विर्सन सक्छु र ? अहिले म जुन स्थितिमा छु सन्तोक छ । यो सन्तोकप्राप्ति यदि म आफ्नो जन्मभूमिमा नजन्मिएको भए पाउँदै हुँला र ? मेरो जन्मभूमि साँच्चै मेरो गौरव हो ।
Ending
Mero Desh Mero Gaurav
मेरो जन्मभूमि जति विकसित हुनुपर्ने हो, त्यति हुन सकिरहेको छैन । यसको जति मान बढ्नुपर्ने हो, त्यति वढ्न सकिरहेको छैन । यस सत्यलाई नकार्न सकिँदैन, तर ती हुनुमा कसकसले बाधा व्यवधान ओछयाएका छन्, तिनलाई पत्ता लगाएर परिश्रम गर्ने सन्ततिहरू जन्माउन सकोस् भनी आफ्नो जन्मभूमिलाई भनिरहेछु । मेरो जन्मभूमिको सानलाई उच्च राख्न स्थानीय सीप नै काफी छन् । तिनलाई सो सद्कर्ममा अवसर मिल्नेछ भनी म आशावादी छु । म निराश भएको छैनँ । आफ्नो प्राणभन्दा बढी माया मेरो देशलाई गर्नुपर्छ भन्ने जानेको छु ।
The End
Mero Desh(Nepal) Mero Gaurav/Swarga/Karma Bhumi Essay(Nibandh) in Nepali Language
Important Notice
If this post helped you, you can also help others and us by sending us your essays and poems. So like that more people can get help and you
also get credits in the bottom of the post.
You can contact us by these following ways-
Facebook - https://www.facebook.com/essayinnepali
Email - prashnnanewar21@gmail.com
or click here
2 Comments
Thank you so much ......
ReplyDeleteI need better than this
ReplyDeleteCan you share please🙏
but this is also good