Nepali essay(nibandh) on Mt Everest (Sagarmatha) - सगरमाथा निबन्ध
Today I'm going to share Essay(Nibandh) on Sagarmath (Everest) in Nepali language - सगरमाथा निबन्ध
Table of Contents
Mount Everest
(सगरमाथा)
Introduction: Mt Everest
(सगरमाथाको परिचय)
संसारको सबभन्दा ठूलो शिखर, हिमालहरूको राजा सगरमाथा आज मात्र होइन, पहिल्यैदेखि नेपालीहरूको गर्वको कुरा भएर आएको हो । गर्व कुन अर्थमा भने आज हाम्रो परिचय, हाम्रो देशको पहिचान विश्वभर केहीले चिनाएको छ भने त्यो हो सगरमाथा । हामी जहाँ नै रहौँ, संसारको कुनै पनि ठाउँमा भईपानी, हामीलाई नेपाली हुनुको गर्व दिने सगरमाथा हाम्रो अस्तित्व भएर देखा परेको छ । बिश्वभरका पर्यटकहरूको आगमनको प्रमुख कारक पनि सगरमाथा नै हो । नेपाललाई चिनाउने सीमित गौरवका कुरामध्ये प्रमुख रूपमा रहेको यस सगरमाथाको उचाइ ८,८४८ मिटर रहेको छ । संसारको अन्य देश वा कुनै पनि ठाउँमा सगरमाथाभन्दा ठूलो हिमाल छैन । त्यसैले यसलाई बिविध भाषामा कहिले माउण्ट एभरेष्ट भनियो, कहिले चोमोलुङ्मा भनियो वा अन्य केही भनिएला, तर जे भनिए पनि आज नेपालीहरूको शिर उचा गर्ने प्रमुख कारकका रूपमा यही सर्वोच्च शिखर नै रहेको छ ।
Importance of Mt Everest
(सगरमाथाको महत्व)
उत्तरी भेगमा रहेका असङ्ख्य हिमशृड्खलामा सबभन्दा अग्लाको रूपमा खडा रहेको यस सगरमाथाले नेपालका विविध भाषाभाषी, जातजाति, रहनसहन, भेषभूषा आदि संस्कृतिलाई एक गरेर बाँधेको छ । तराईको मधेसी समूह होस् वा काठमाडौँको नेवार जाति, नाम्चेको भोटे होस् वा पहाडको पहाडी, यी सबैका समान गौरव भएको छ-सगरमाधा । यसले हामीलाई शान्ति लिएर बाँच्न बिकाएको छु । यसले विश्वबन्धुत्वको सन्देश दिएको छ । सदाझैँ कठिन घडीमा पनि यसले हामीलाई सत्कर्ममा लाग्न प्रेरित गरिरहेछ ।
आज हामीलाई नेपाली हुनुको पहिचान जति गौरव भएको छ, त्यति नै गर्वको कुरा भएको छ सगरमाथा । बिहान उठ्दा देखिने हिमशृड्खला, मन्द पबनको स्पर्शले हामीलाई हिमवत् खण्डका बासी बनाएको भान कसैले गर्न नसके पनि वा त्यसप्रति चासो नदेखिए पनि जबजब हिमालमा हिमाल, हिमालको सर्वोच्चता कुरा उद्दछ, तब सगरमाथा स्वतः उत्पन्न हुने गर्छ । यो शाश्वत सत्य भएर रहेको छ नेपालीका लागि, किनभने सगरमाथा नेपाली मात्रको होइन, अब त विश्वकै शिर भएको छ ।
Impact on Sagarmatha due to unbalanced environment
(असन्तुलित पर्यावरणका कारण सगरमाथामा असर)
अत्यधिक जनचाप एवम् असन्तुलित पर्यावरणका कारण हिमालयहरू पगिलने क्रम सुरु भएको खबर निरन्तर सञ्चार माध्यमहरूमा आइरहेछन् । यो एकदमै चिन्ताको विषय हो । सगरमाथाले नैपाल र नेपालीको सान बढायो, त्यसमा पर्यावरणीय सन्तुलनमा यिनले पनि महत्त्वपूर्ण भूमिका खेल्नैपर्छ । आज विश्वमा भूमण्डलीकरणको चेतना विस्तार भइरहेको छ । त्यसैले कुनै पनि देशका मानवहितका वस्तु त्यस देशको मात्र रहँदैन । त्यसैले विश्वले नै सगरमाथाको उचाइमा गर्व गर्ने अवसर लिने हो भने यस क्षेत्रमा बढ्न थाल्ने खतराप्रति उत्तिकै चासो लिनपर्ने देखिन्छ । सबै जना नाम कमाउन वा कीर्ति राख्न भीडभीड वोकेर सगरमाथाको टाकुरामा टेक्न आइपुग्छन् । त्यस्तै पर्यटन उद्योगको नाममा आम्दानीको वृद्धिमा खुसी हुँदै सगरमाथा चढ्न सधैँ अनुमति प्रदान गरिनु पनि पर्यावरणीय दृष्टिले गलत भइरहेको छ । निश्चय न्नै हामी सम्पूर्ण मानवजाति सगरमाथाको उचाइमा गर्व गछौं । सगरमाथाको दृढ अडानको हाँक हामीलाई स्वीकार्य छ, किनभने यसले हाम्रो जीवनमा सकारात्मक पक्षको उचाइ चढ्न प्रेरणा दिइरहेको पाइन्छ । मानवमात्रले आफ्नो जीवनका प्रेरणासरोतलाई निरन्तर कायम गरिरहने हो भने पनि सगरमाथालगायत अन्य हिमालयको उचाइ र दृढता अत्यावश्यक कुरा मान्नैपर्छ । त्यस कारण पनि सगरमाथालाई केही समयका लागि आराम गर्न दिइनु नितान्त आवश्यक छ । आराम भएपछि नै सगरमाथा झन्झन् अग्लिने सम्भावना बढ्छ र सगरमाथा अग्लिनु भनेकै विश्वका सम्पूर्ण मानवजातिको गौरव बढ्नु हो, प्रेरणास्रोत स्पष्ट हुनु हो, दृढ सङ्कल्पका लागि हाँक ठडिनु हो ।
सगरमाथाले आफ्नो स्वच्छताको माध्यमबाट मानवीय चरित्रको स्वच्छतातर्फ ध्यान खिचिरहेको छ । आफ्नो स्वेत रङबाट निर्मलपनको हौसला दिँदै सगरमाथा मुस्काइरहेको छ । सगरमाथाको जस्तै स्वच्छता, निर्दोषतालाई हृदयमा अँगालिएमा नै उचाइ भेद्न सकिने शाश्वत पक्षलाई सिद्ध गर्दै सगरमाथाले मानवजञातिलाई त्यसतर्फ सोच्न आह्वान गरिरहेछ । यसैले पनि सगरमाथाको स्वस्थ्यता एवम् उचाइ सदैव आवश्यक कुरा हुन् जसका लागि सदा सबै जना सचेत रहनैपर्ने देखिन्छ ।
The End
Nepali essay(nibandh) on Mt Everest (Sagarmatha) - सगरमाथा निबन्ध
ध
Important Notice
Important Notice
If this post helped you, you can also help others and us by sending us your essays and poems. So like that more people can get help and you
also get credits in the bottom of the post.
You can contact us by these following ways-
Facebook - https://www.facebook.com/essayinnepali
Email - prashnnanewar21@gmail.com
or click here
1 Comments
Thank you so much for your service
ReplyDelete