Nepali essay(nibandh) on Discipline (anushasan) - अनुशासन निबन्ध
Today I'm going to share Discipline(anushasan) Essay(nibandh) in Nepali language - अनुशासन निबन्ध
Table of Contents
Discipline
(अनुशासन)
Introduction: What is Discipline?
(अनुशासन भनेको हुन्?)
अनुशासन नै मानिसको व्यक्तित्व हो । को कस्तो छ ? कस्तो देखिन्छ ? भन्ने कुराको पहिचान उसको व्यक्तित्वले दिन्छ भने त्यस्तो व्यक्तित्वलाई अझ मुखरित गर्ने काम अनुशासनले गर्दछ । यसर्थ अनुशासन विनम्रशाली गुण हो ।
मान्छे हुन केवल दुई खुट्टा, दुई हात, दुई आँखा, दुई कान, नाक र मुख मात्र भएर पुग्दैन । मान्छे हुनुको सही अर्थ उसमा निहित नम्रशाली भद्रता हो । भद्रताको पहिचान अनुशासन हो । शासनमा उपसर्ग 'अनु' लागी बन्ने यो शव्द सामान्य जस्तो लागे पनि शाब्दिक अर्थमा आफूलाई शासन गरी वशमा राख्नु हो । आफूलाई वशमा राख्नु भन्नाको मतलव कुनै पनि खराव आचरणप्रति आकर्षित नरही कुन खराव, कुन असल भनी खुट्टयाउन सक्ने खुबी हो । परतिर आफूले गर्न सक्ने व्यवहार, एक उचित स्वभाव अनुशासन हो । यसैले अनुशासन नरहे मान्छे हुनुको कुनै अर्थ रहँदैन । अनुशासनलाई शब्दकोशमा सामाजिक, नैतिक, धार्मिक, राजनीतिक आदि नियम नियमावलीको मर्यादा वा सो मर्यादाभित्र रहने कार्य, आदर्श आचरण र त्यसको पालना, मान्य वस्तु र मान्यजनप्रतिको आस्था भन्ने विशेषणका शब्दहरू प्रेपित गरिएको छ । त्यसका साथै आफूमुन्तिर रहेकालाई काबुमा राख्ने कार्य, अदप, संयम, आत्मसंयम भन्ने पदावलीबाट अर्थ दिइएको छ । यो हो पनि । अनुशासित मानिस मर्यादामा रही सुव्यवस्थित आचरणले बाँच्दछ । मान्यजनप्रतिको आस्यालाई पनि त्यतिकै अनुशासित रूपमा मान्दछ । माथि नै भनेझैँ आत्मसंयम गरेर चल्ने हो भने मानिसको आचरण अनुशासन पद्धतिअनुरूपको हुन्छ ।
Importance of Discipline
(अनुशासनको महत्व)
अहिले यस देशमा अनुशासनको ठूलो खाँचो छ । सवै आफ्नोआफ्नो अहम् लिएर हिँडेका देखिन्छन् । कोही आत्मसंयमित र आस्थावान् छैनन्, आस्था भङ्ग भएको छ । खराव तत्त्वले नकारात्मक कुराको वृद्धि गरेको छ । हत्या, हिंसा, दन्द्र, बन्द आदि अशान्तिपरक आचरणले यस देशको परम्परा, आदर्श, आस्था, महिमा र मर्यादालाई बारम्बार धराशयी गर्ने खेल भइरहेछ । यो सब मान्छेहरू आत्मसंयमी नहुनाको नतिजा हो । यी सब पक्ष अनि मान्छेहरू अनुशासित नभएर भएको हो । यमैले यहाँ अनुशासनको ठूलो खाँचो रहेको छ । शान्ति, मर्यादा, महिमा र आस्थामा रहन अब पनि अनुशासनको प्रादुर्भाव भएन भने देश, अस्तित्व र पहिचान सब नामेट हुने कुरामा दुई मत हुनै सक्तैन ।
वास्तवमा अनुशासन भद्रताको मात्र नभई मानवताको पनि साँचो हो, जसबिना मानिस पनि जनावर जस्तै हुन पुग्छ । अनुशासनको कदर नगरिने देश निरन्तर ओरालो लाग्दछ र एक दिन अलप हुने स्थितिमा पुग्दछ । अनुशासन बालवनिताका लागि मात्र आवश्यक खुराक वा मार्ग होइन, यो त के जवान के वृद्ध, सबैलाई नितान्त आवश्यक छ । वालवालिकाले मात्र आफूभन्दा ठूलाले भनेका, गरेका कुरा मान्नुपर्ने वा निर्देशन गरेका वाटोमा हिँड्नुपर्ने हुन्छ भन्ने होइन, जवानले पनि सद्चरित्र, सद्विचार, सद्आचरणमा लाग्नुपर्ने हुन्छ र समाजप्रतिको आफ्नो जिम्मेदारी वहन गर्नुपर्छ । त्यस्तै स्थिति वा अनिवार्यता वृद्रहरूमा पनि लागू हुन्छ । उमेरले पाको हुँदैमा अनुशासनका सारा मर्यादा भङ्ग गर्न पाइन्छ भन्ने स्वतन्त्रता कसैलाई हुँदैन । जुन समाजमा बालदेखि वृद्धसम्म सबैले अनुशासनलाई मर्यादित रूपमा लिने गरिन्छ, त्यो समाज निकै सभ्य हुन्छ । जसले गर्दा देशकै नाम चम्किने र फैलिने हुन्छ । आफ्नो जाति, आफ्नो समाज, आफ्नो देशकै इज्जतको पक्ष गाँसिने कुरा भएपछि अनुशासनलाई आफ्नो आचारणमा आवद्ध गर्न कसैले पनि ढिलाइ गर्नु हुँदैन, किनभने यो त सबैको कर्तव्य नै हो ।
Why Discipline is Needed?
(अनुशासन किन चाहिन्छ?)
मानिसको जात नै कस्तो हो भने आफू कमजोर भएमा शक्तिशालीको पूजा
गर्ने र शक्तिशाली भएमा आफूलाई नै सर्वेसर्वा ठान्ने गर्दछ । उसको यस्तो प्रवृत्तिले
गर्दा देवताको आस्तित्व, स्वर्ग र नर्कको अवधारणा, असल र खरावको मान्यतालाई
अघि सार्नुपरेको हो । यो सवैका कारण मानिसको घमण्ड केही मत्थर भएको छ ।
आफ्नो शक्तिमा नमात्तियोस् भनेर मानिसलाई अनुशासनको सूत्र दिइएको वा
अवधारणा निकालिएको हो । अनुशासनका कारण नै विश्वभर शान्ति फैलिएको हो
र यस स्थितिमा सारा उन्नति सम्भव भएको हो । अवको वुगमा मानवजगत्मा
अनुशासनको महत्त्व वा उपयोगिता शान्ति र उन्नतिको निरन्तरताका लागि नै हो ।
अनुशासनले मानिसलाई सभ्य हुन सिकाउँछ र सभ्य स्थितिमा नै
'मानवजगत् सुखमय हुन्छ।
The End
Discipline(anushasan) Essay(nibandh) in Nepali language - अनुशासन निबन्ध
Important Notice
If this post helped you, you can also help others and us by sending us your essays and poems. So like that more people can get help and you
also get credits in the bottom of the post.
You can contact us by these following ways-
Facebook - https://www.facebook.com/essayinnepali
Email - prashnnanewar21@gmail.com
or click here
3 Comments
ramro cha
ReplyDeleteThank you it really helped me
DeleteNiggah
ReplyDelete