Nepali poems in Nepali language/ Nepali kabita haru/ Kabita Nepali
Collection of nepali poems and kabita
Today I'm going to share the best Nepali poems/ kabita haru in Nepali language that I could find. So hope you would enjoy and like it!!
Table of Contents
Here are the "Nepali poems in Nepali language/ Nepali kabita haru"
Kaal Mahima/ Aayo Tappa Tipyo Poem
(काल महिमा)
- kabita Nepali
- Poem by Lekhnath Paudel(लेखनाथ पौडेला)
- Peom name: Kaal Mahima/ Aayo Tappa Tipyo Poem in Nepali(काल महिमा)
भाका, भूल, दया, क्षमा र ममता, सन्तोष जान्दैन त्यो,
इन्द्रै बिन्ति गरुन् झुकेर पदमा त्यो बिन्ति मान्दैन त्यो,
थुप्रोमा उधिनी मिठो र नमिठो रोजेर छान्दैन त्यो,
खाता जाँची सबै दुरुस्त नबुझी बिर्सेर हान्दैन त्यो
राजा रङ्क सबै समान उसका वैषम्य गर्दैन त्यो,
आयो टप्प टिप्यो, लग्यो, मिति पुग्यो टारेर र्टर्दैन त्यो,
लाखौँ औषध अस्त्रशस्त्र महिमा देखेर र्डर्दैन त्यो,
व्याधातुल्य लुकेर चल्दछ सदा मारेर मर्दैन त्यो
आँसुका दहमा नुहाउँछ चिसो पानी रुचाउन्न त्यो,
सुख्खा जर्जर अस्थिपञ्जर विना शैया बनाउन्न त्यो,
मैलो भष्मसिवाय अङ्गभरमा केही लगाउन्न त्यो,
हाहाकार सरी मिठो अरु कुनै संङ्गीत गाउन्न त्यो
जोजो मिल्छ सुलुक्क निल्छ मुखमा हाली चपाउन्न त्यो
थाल्यो च्वाम्म सबै चपाउन भने आहार पाउन्न त्यो,
जत्ती मिल्छ उती उकेल्दछ पनि केही पचाउन्न त्यो,
यै चालासित कल्पकल्प कहिल्यै खाई अघाउन्न त्यो
Keywords-lekhnath poudel nepali kabita haru, Aayo Tappa Tipyo Poem in Nepali, Kaal mahima nepali poem
Meri Aama Poem
(मेरी आमा)
- Nepali kabita ama
- Poem by Anu Shah(अनु शाह)
- Peom name: Meri Aama kabita in Nepali(मेरी आमा)
जगत जननी, त्यागको मुर्ति ममाताकी खानि
निर्मल, पवित्र, सम्बोदन्शिल अनी मनकी रानी
शजकुमार र परीको कथा सुनाउँछिन मेरी आमा
कल्पनामैँ पनि रमाउन सिकाउँछिन मेरी आमा
बालहठ सँग दिक्क हुँदा पनि मलाई मायाँ गर्ने
सारा गल्तिहरु माफ गरेर स्नेहले आचैँलमा बेर्ने
सात समुन्दू पारी पनि, आशिर्बाद सन्देश पठाउँछिन
सम्झेर हररात मलाई नैं सिरानी सधैँ भिजाउँछिन
चौतारी हो तिमो बिशाल हिर्दय मेरो दुख बिसाउन
एक जुनी काफी छैन, ममताको मुल्य चुकाउन
तिम्रो स्नेह, अनमोल मायाँ अनिंदो त्यो रातको
सल्लाह सुझाव र दुःखमा दिएको तिम्रो साथको
सकिन तिर्न दुधको भार यो जीवनमा म के गरुँ?
अर्को जन्म पाएछु भने आमा, तिम्रै कोखमा परुँ।
Keywords-nepali kabita aama, Aama Poem in Nepali, Nepali aama
Pagal Poem
(पगल)
- Nepali kabita haru
- Poem by Laxmi Parsad Devkota(लक्ष्मीप्रसाद देवकोटा)
- Peom name: Pagal kabita(पगल)
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल ।
म शब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई संबाद लिन्छु ।
आकाशभन्दा पातालका कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !
म देख्दछु, ढुङ्गालाई फूल !
जब, जलकिनारका जल चिप्ला ती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न, बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा-किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरुर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ, वाचाल !
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एकबाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु ।
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो !
तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल ।
जरुर साथी ।
मेरो एक नशा ढिलो छ ।
यस्तै छ मेरो हाल !
म माघका ठण्डामा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ,
दुनियाँले मलाई तरङ्गी भने !
भस्मेश्वरबाट फर्कदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने !
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुले छुँदा
मलाई छटाएको भने !
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुला भने!
एक सूनसान औंसीले मलाई निशास भएर
म प्रलय-वेदनाले उफ्रेँ !
मूर्खहरुले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे !
म तृफानसँग एक ढिन गीत गाउन थालेको थिएँ,
मलाई बुजरुगहरुले,
राँची पठाइदिए !
म आफूलाई एक ढिन मरेको सम्झेर
लम्पसार थिएँ,
एक साथीले बेसरी चिमटिदिए
र भने, “ए पागल तेरो मासु अझ मरेको छैन !”
यस्ता कुरा भए साल, साल !
पागल छु साथी!
यस्तै छ मेरो हाल!
मैले नवाबको मदिरालाई खून भनेको छु
छिमेकी रण्डीलाई लाश भनेको छु!
राजालाई गरीब,
सिकन्दरलाई मैले गाली दिएको छु!
महात्मा भनाउँदाको निन्दा गरेको छु!
नगण्य व्यक्तिलाई, तर,
सातौं आसमानसम्म,
तारीफको पुनमा चढाएको छु
तिम्रा महापण्डित, मेरो मट्दामूर्ख !
तिम्रो स्वर्ग, मेरो नरक !
तिम्रो सुन, मेरो फलाम
साथी ! तिग्रो धर्म मेरो पाप!
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ,
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !
जरुर साथी ! म बिलकुल चन्द्राद्वत छु
चन्द्राइ्वत,
यस्तै छ मेरो हाल !
म अन्धालाई दुनियाँको अगुवा देख्दछु
गुफा-तपस्वीलाई भगुवा देख्दछु
मिध्याका मञ्च चढेकालाई
काला नटुवा देख्छु !
विफललाई सफल देख्दछु !
प्रगतिलाई अगति देख्धछु!
या हुँला मै एँचाताना !
मै दीवाना !
साथी ! मै दीवाना!
छ निलज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर!
जन-अबिकारको डँडाल्नोको भाँच हेर !
जब भँगेर-टाउके छापाको कालो मिथ्याले
मेरो विवेक-वीरलाई
जाली झुठले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी !
सल्केको गोलझैं राता !
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
पिउँछ कानले,
र अमृत भनिठानेर,
र मेरा आँखाअगाडि, साथी !
तब हुन्छन् ठाडा मेरा रौं, रौं
गर्नका सर्पकेश झैँ, मेरा जिस्क्याइएका
रौँ, रौं!
जब बाघले मृग खान आँटेको देख्छु साथी !
या ठूलो माछाले सानो,
तब मैरा मर्काएका इड्डीमा पनि दध्वीचको आत्माको
भयड्कर बल पसेर, वोल्न खोज्दछ साथी !
तब कडकडकाउछन् मेरा बत्तीस दन्ते बङ्गारा,द्वै!
जस्तो भीमसेनका दाँत ! अनि,
प्रकोपको लाल-लाल आँखाका डल्ला,
फनक्क घुमाएर एक डबलले, म
यो अमानवको मानवजगत्लाई,
एक आगोको सप्काले औँ हेर्दछु साथी !
अफिन्छन् मेरा कलपु्जा,
खलत्रल, खलवल !
तुफान हुन्छ मेरो सास!
विकत हन्छ मेरो चेहरा !
बन्दछ मेरो दिमाग, साथी !
बडवानलझौं, वडवानलझैं !
म वन खाने आगो झैँ वददला हुन्छु!
बहुला, साथी !
काँचै निलु भौ विश्वविशाल !
जरर साथी!
म सुन्दर-चकोर, असुन्दर-फोर !
कोमल-कूर
चिडिया, स्वर्गागिन-चोर
तूफान-पूत्र !
पागल ज्वालमुखीको
भयड्कर व्यक्तित्वपाल !
जरुर साची!
सन्के मगज छु सन्कै!
यस्तै छ मेर हाल!
Keywords-Laxmi Parsad Devkota Poems/kabita in Nepali, Pagal kabita in Nepali
Yatra suru garau Poem
(यत्र सुरु गरौ)
- Nepali poem in nepali language
- Poem by Dubasu(दुबसु क्षेत्री)
- Peom name: Yatra suru garau kabita(यत्र सुरु गरौ)
समयको एउटा लामो झारिपछी
बल्ल घम उडेएको छ
बिहान भएको छ, अब हामीले हाम्रो यत्र सुरु गर्नु पर्छ
पनि थामिएको छ, अब हामीले हाम्रो आरोहणको थालनी गर्नुपर्छछ
आस्थाको टुकी बाल्नुपर्छ, अब हामीले उज्यलो छर्नुपर्च
माैसम बसन्तको छ, अब हामीले गीत गुन्जाउनुपर्छ
फक्रेका छान् गुरास हरु, अब हामीले माल हरु उन्नुपर्छ।
नाच्दानाच्दै जहाँ रोकेका थियौं सोरढीको ताल
त्यहीँबाट चाल्दै एउटै चालका तिन कोटी पाइला
सह अस्तित्वको यात्रा सुरु गरौँ
रम्दारम्दै रोदीको रन्कोमा छुटेका थियौँ जहाँ
त्यही चौतारीबाट सहमतिको यात्रा सुरु गरौँ
पहँलपुर धान खलियानमा राखेर
माघीको न्वागी खाँदै स्वावलम्बनको नयाँ यात्रा सुरु गरौं
घुम्दै विवाह पञ्चमीको मेला परखिँदै थियौं जहाँ
मधेसको पवित्र छठ र त्यहीँ जानकी माटाको चन्दन लगाउँदै
सहिष्णुताको यात्रा सुरु गरौँ
गाउँदा गाउँदै जहाँ रोकेका थियौं सेलोको भाका
त्यहीँबाट गाउँदै बन्धुत्वको गीत
उज्यालोको यात्रा सुरु गरौँ
मनाउँदै ल्होसार जहाँ पुज्दै थियौं हिमाललाई मानेर देवता
त्यही आकाश छुने हिमाललाई साक्षी राखेर
सहकार्यको यात्रा सुरु गरौँ
जप्दै गौरा जहाँ नाचेका थियौं देउडा
त्यही कर्णालीको मुहाननिर उभिएर
नव निर्माणको यात्रा सुरु गरौं
खोज्दै शान्तिका दुई सम्बोधी आँखा
जहाँ हामी लोलाएका थियौँ
उडाउँदै शान्तिका सेता परेवाहरू
तिनै सम्यक आँखाबाट शान्तिको यात्रा सुरु गरौँ
भाक्दै आस्थाको आरती
जहाँ हामी अनायास ब्युँझिएका थियौँ
त्यही गुम्बा, मन्दिर, मस्जिद र गिर्जाघरको प्राङ्गणबाट
सहधर्मको यात्रा सुरु गरौँ
जहाँ तिमी र हामीले हातेमालो गरेर
आरम्भ गरेका थियौं एकीकरणको यात्रा
काष्ठ मण्डपको त्यही देवलबाट धिमे बजाउँदै
नव एकताको यात्रा सुरु गरौँ
साँझ परेर बास बसेका थियौँ जहाँ नाम्चेको फेदीमा
त्यही फेदीबाट सगरमाथा शिखरको यात्रा सुरु गरौं ।
समयको एउटा निस्पद्ट अन्धकार
हामीले चिरिसकेका छौँ
अब एउटा नयाँ जीवन सुरु गरौँ
जहाँबाट हामी थकान रोपेर भागेका थियौँ
अब एउटा नयाँ यात्रा सुरु गरौं त्यहीँबाट
जहाँ हामीले केही क्षण विश्वाम गरेका थियौँ
राष्ट्र नव निर्माणको यात्रा सुरु गरौँ त्यहीँबाट
जहाँ हामीले शान्ति र समृद्धिका सपनाहरू सजाएका थियौँ ।
Keywords-Yatra suru garau poem, Kabita Nepali
Basanta kokil Poem
(वसन्त कोकिल)
- Nepali kabita in nepali language
- Poem by Lekhnath Paudel(लेखनाथ पौडेल)
- Peom name: Basanta kokil kabita(वसन्त कोकिल)
नवीन लाखौँ फुल पालुवाकन ।
वसन्त आयो कलकण्ठको अब
सुनिन्छ साह्कै कलकण्ठ गौरव ॥१॥
अगाडि जो दीन बनी लुकीकन
बिताउँथ्यो केवल दु:खमा दिन ।
अहो ! उही कोकिल हेर आज यो
प्रमोदले पूर्ण महासुखी भयो ॥२॥
बसी बगैँचा बिच मोजमा परी
नयाँ कलीला सहकार मञ्जरी ।
चपाउँदै मस्त भएर बेसरी
क्हू कुहू गर्दछ त्यो घरी घरी ॥३॥
चलीरहेको छ सिरी सिरी हवा
झुलीरहेछन् सब मञ्जु पालुवा ।
जता दियो दृष्टि उतै खुसी मन
प्रमोदले पूर्ण नहोस त्यो किन ॥४॥
समीरले पुष्प परागको झरी
लगाउँदा त्यो रसरङ्गमा परी ।
झुलीरहेको छ शरीर बेसरी
मुछेर तेही रजमा घरीघरी ॥५॥
पिएर सा–नन्द रसालको रस
घुमाउँदै नेत्र दुवै मदा-लस ।
सहर्ष खोलौं सुरिलो गलाकन
घनक्क घन्काउँछ त्यो सबै वन ॥६॥
घरीघरी भुर्र उडी अलीकति
घुमेर शाखान्तरमा यताउति ।
बडो बहाडी रसिकै बनी तहाँ
ढलीमली गर्दछ पालुवामहाँ ॥७॥
चुचो ठड्याईकन चट्ट मञ्जरी
ठुँगेर च्यापीकन देखिने गरी ।
फरक्क फर्कन्छ घरी पछिल्तिर
प्रसन्नता-साथ लतारि पुच्छर ॥८॥
न शीत-बाधा, न त घामको डर
न बाग नङ्गा, न त वृष्टिको पिर ।
बसन्तका गौरवले गरीकन
खुसी छ साह्रै कलकण्ठको मन ॥९॥
Keywords-Basanta kokil poem, Lekhnath poems in Nepali langugae
The End
Thanks for reading
kabita Nepali
Important Notice
If this post helped you, you can also help others and us by sending us your essays and poems. So like that more people can get help and you
also get credits in the bottom of the post.
You can contact us by these following ways-
Facebook - https://www.facebook.com/essayinnepali
Email - prashnnanewar21@gmail.com
or click here
2 Comments
Wow.....super ...I really enjoyed reading poems.
ReplyDeleteThank you!! We are happy that you like our work and thank you for commenting and reading 😀😀
Delete